२०८३, २९ भाद्र सोमबार
×

ट्रेन्डिङ

केशव स्थापितले गरेको यौन दुर्व्यवहारबारे सनसनी खुलासा, मिडियामा आइन रश्मिला(भिडियो)

1093 Shares
Spread the love

काठमाडौं। नेपालमा पनि मी टू अभियान विस्तार भइरहेका बेला प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ ।

उक्त आरोप लगाउन्ो रश्मिला प्रजापतिले स्थापितले यौन दुव्र्यवहार गरेको भन्दै तत्काल राजिनामा दिनुपर्ने बताएकी छिन्। प्राइम टाइम्स टेलिभिजन सँगको कुराकानीमा उनले प्रजापतिले यसबारे आफ्नो कुरा राखेकी हुन् । उनले सामाजिक संजाल फेसबुकमा पहिलो पटक उक्त कुरा सार्वजनिक गरेकी थिईन् ।

उनका अनुसार बिदा भएपछि, विशेष गरी शुक्रबारको दिन बिदामा घुम्न जाउँ भन्ने गर्थे स्थापितले र नमानेपछि प्रमोशनको कुरा गर्नुछ भन्थे । तर त्यसको ठाडै अस्वीकार गर्थिन उनी फलस्वरुप उनलाई उनैले निर्णय गरेर हटाइदिए।

संचारकर्मी र अधिकारकर्मी समेत रहेकी प्रजापतिले जतिबेलाको घटना अहिले बताएकी हुन्।जुन बेला उनी काठमाडौं महानगरपालिकामा शाखा अधिकृत थिइन्। उनले २०५४ देखि ६० सालसम्म महानगरमा अस्थायी जागिर खाइन्।उनी सँगको सनसनीपूर्ण कुराकानी तलको भिडियोमा हेर्नुहोस्।

प्रतिक्रिया