२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

गोरखापत्रका महाप्रबन्धकबाट उपाध्यायलाई नहटाउन सर्वाेच्चकाे आदेश

990 Shares
Spread the love

काठमाडौ– सर्वाेच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

न्यायधीश इस्वर खतिवडाको एकल इजलासले उपाध्यायलाई हटाउन गत आइतबार सम्पन्न मन्त्रीपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।सरकारको उक्त निर्णयलाई चुनौति दिँदै उपाध्याय सर्वाेच्च पुगेका थिए।

यस अघि उपाध्यायलाई ओली सरकार गठन भए लगत्तै पनि हटाइएको थियो। सरकारको उक्त निर्णयलाई चुनौति दिँदै उपाध्याय सर्वाेच्च पुगेका थिए। सर्वाेच्चले गत असार २९ गते उनलाई पुन:स्थपित गरेको थियो। त्यसपछि जिम्मेवारीमा फर्केका उपाध्यायलाई पुनः गत आईतबार हटाउने निर्णय गरिएको थियो। नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४ मङ्सिर २५ गतेको निर्णयानुसार उनलार्इ तत्कालीन शेरबहादुर देउवा नेतृत्वकाे सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त गरेको थियाे।

प्रतिक्रिया