२०८२, ६ माघ सोमबार
×

ट्रेन्डिङ

सामाजिक सञ्जालमा मेरो स्वाथ्यबारे गरिएको भ्रामक प्रचारबारे जानकारी छ : प्रधानमन्त्री ओली

945 Shares
Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह समेत गरेका छन्। आज एक सन्देश प्रकाशन गर्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन्।

हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री  ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न  सक्रिय रहने बताएका छन् ।   विज्ञप्तिमा प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

“चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रियहुनेछु” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, “विगतमाझैं समग्र देशवासीदिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भावनिरन्तर रहनेमा म विश्वस्त छु। ” प्रधानमन्त्री ओलीले जारी गरेको सन्देश यस्तो छ। 

प्रतिक्रिया