२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

निर्मलाको गीतले स्तब्ध बन्यो ‘द भ्वाइस अफ नेपाल’ को मञ्च (भिडियो सहित)

2750 Shares
Spread the love

कुनै समय थियो सारंगीको धुनमा गाइने दाईहरुले सत्य घटनामा गीतहरु गाउँदा हरकोही रुने गर्थे । नेपाली समाजसंग निकै नजिक रहेको यो बाजामा मार्मिक गीतहरु पस्कदा नरुने सायद को नै हुन्छ होला र ? यस्तै माहोल बन्यो यतिबेला नेपाली टेलिभिजनमा चर्चित बनिरहेको रियालिटी शो द भ्वाइस अफ नेपालको मन्च । जहाँ तेजेन्द्र गन्धर्वले यस्तै रुवाउँने गीत सारंगीको धुनमा गाउँदा भ्वाइस अफ नेपालको स्टेज नै स्तब्ध बन्यो , माहोल शान्त बन्यो कारण उक्त गीतले दर्शकहरुको मन छोयो ,कतिको त रोयो पनि ।

बहुचर्चित गायक प्रमोद खरेलको शब्द अनि संगीत संकलनमा रहेको उक्त गीतल कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यालाई लिएर बनाईएको थियो । जसलाई शब्द अनि संगीत संकलन गरेका थिए चर्चित गायक एवं शोका जज प्रमोद खरेलले । उनी भन्छन् ‘द भ्वाइस नेपालीहरुको आवाज हो । संगीतको मार्फतबाट मानिसलाई सुसुचित र जिम्मेवार बनाउनु हाम्रो लागि अपरिहार्य थियो” ।

“राम्रा गीतको प्रस्तुतीले मात्र होइन हरेक हिसावबाट द भ्वाइसलाई अब्बल बनाउने चुनौती हामीसंग थियो । त्यही चुनौतीलाई आत्मसाथ गर्दै कुनै घटनासंग सम्बन्धित रहेको गीत रचना गर्ने योजना अनुरुप मैले यो गीतको सिर्जना गरेको हुँ ।’तेजेन्द्रको मौलिकतालाई बचाउँन प्रमोदले यो कदम उठाउ ।

भन्छन् ‘संगीतको माध्यमबाट निस्केको आवाजले झनै मानिसलाई छुन्छ, सम्बन्धित निकाय सम्म पुग्न सक्छ, झनै मानिसलाई जागरुक बनाउँछ, निर्मलाको परिवारका लागि न्याय पाउन यो गीत कोसे ढुंगा साबित हुन सक्छ भन्ने हाम्रो सोच हो । निर्मलाको परिवारले अझै न्याय पाएका छैनन् । सरकार उदासिन छ । सम्बन्धित निकाय मौन छ । यस्तै सोचका बीच लाखौँ मानिसले हेरिरहेको यस शोमा निर्मलाको घटनाको बारेमा गीत प्रस्तुत गर्दा त्यसको प्रभावकारिता अझै हुन्छ कि भन्ने अभिप्रायले पनि यो गीतको सिर्जना हुन पुगेको हो ।’

प्रमोदले यो गीत निर्मलाको बारेमा २० दिन रिसर्च गरेर तयार पारेका थिए । एक हप्ताभन्दा बढि समय लगाएर गीतको शब्द र संगित सुजना गरेका प्रमोदले निर्मलाको न्यायका लागि पनि गीत सृजना गरेको बताएका छन् । शो प्रसारण भएपछि यतिबेला उक्त घटना बोलको गीत यतिबेला निकै भाइरल भईरहेको छ ।

प्रतिक्रिया