२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मूख

1475 Shares
Spread the love

फाइल फोटो


काठमाडौं। छातीमा संक्रमण देखिएपछि महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सुधारोन्मूख भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन। छातीमा संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार विहान शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

प्रधानमन्त्री ओलीको मंगलबार विाहन रगत परीक्षण तथा छातीको एक्स–रे गरिएको र त्यसको रिपोर्ट सकारात्मक आएको उपचारमा संलग्न चिकित्सले  जनाएका छन्। मंलबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिइएको छ। ‘आज विहान उहाँको रगत परीक्षण तथा छातीको एक्स–रे आदीको रिपोर्टहरु सकारात्मक रहेको र स्वास्थ्य स्थिति सुधारोन्मूख रहेको जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ।

उनकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ)  का कारण चिनीको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ दिई सूक्ष्म अवलोकनका लागि राखिएको हो। गत शुक्रबारदेखि सामान्य अस्वस्थ्य भएका प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ०४ः३० बजे उक्त अस्पतालको ‘मनमोहन कार्डियोथोरासिस भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसिसियु) मा राखिएको छ।

प्रधानमन्त्री ओलीको उपचारका लागि वरिष्ठ कार्डियोलोजिष्ट डा अरुण सायमीको संयोजकत्वमा निजी चिकित्सक डा दिव्या सिंह र डा सन्त दास सम्मिलित तीन सदस्यीय टोली गठन गरिएको छ ।

मिर्गौला प्रत्यारोपण गरिएका कारण प्रधानमन्त्री ओली विगतमा ‘फलोअप’ का लागि थाइल्याण्डको बैंकका जाने गर्थे। दशैँमा गृहजिल्ला झापा पुगी फर्किएर काठमाडौँ टीकाटालो गर्नुका साथै कार्यकर्ता र सर्वसाधारणलाई दैनिक टीका लगाएका कारण उनलाई धपेडी भएको थियो। त्यहीबीचमा नेकपा सचिवालयको बैठकमा उनी सहभागी भएका थिए।

प्रतिक्रिया