एजेन्सी । बलिउडका रबिनहुड भनेर चिनिने सलमान खानले कयौँ व्यक्तिहरुको करियरलाई डुब्नबाट बचाएका छन् । जसमा अभिनेता, गायक–गायिकादेखि संगीतकारसम्म सामेल छन् ।
बबी देओलदेखि कटरिना कैफ र गोविन्दालाई सलमान त्यतिबेला मौका दिए जसब उनीहरु करियरको खराब दौरमा थिए ।
यो सूचीमा अब कपिल शर्माको नाम जोडिएको छ ।
स्रोतका अनुसार सलमान खानले कपिल शर्माको आगामी शो द कपिल शर्मा शोलाई प्रोड्युस गर्न गइरहेका छन् ।
पहिलो दुई सिजन दुई प्रोडक्सन हाउसले उक्त कार्यक्रम निर्माण गरेको थियो । जसमा कपिल शर्माको प्रोडक्सन केनाइन प्रोडक्सन र फेम्स प्रोडक्सन रहेका थिए ।
पछिल्लो वर्ष भएको घटनापछि फेम्स प्रोडक्सनले कपिलसँग काम गर्न अस्वीकार गरेको छ ।
उता, कपिलसँग एक्लै कार्यक्रम शुरु गर्ने बजेट नभएको कारण उनले धेरैसँग शो निर्माण गर्ने अफर गरेका थिए । तर, उनले कसैलाई मनाउन सकेनन् ।
अन्ततः सलमानले उनलाई साथ दिने निर्णय गरे । आगामी सिजन सलमान खानको ब्यानरमा शो निर्माण गरिनेछ ।
पूरानो साथी फर्कदै
च्यानलले आगामी सिजनमा पूरानै कलाकार होस् भन्ने चाहेको छ । तर, सबैलाई तयार गर्न अप्ठ्यारो देखिएको छ ।
च्यानले उपासना सिंह, चन्दन प्रभाकर अली असगर, सुगन्धा मिश्रा र रोशेल रावलाई अप्रोच गरेको थियो ।
तर, सबैले हुन्छ भनिसकेका छैनन् ।
त्यस्तै, किकु शारदा, भारती सिह र सुमोना चक्रवर्तीबाट सकारात्मक प्रतिक्रिया आएको छ ।
शो पुरानो फर्म्याटमा हुने बताइएको छ ।
यता, कपिलले सुनील ग्रोवरसँग सम्बन्ध सुधारको प्रयासमा छन् । उनी सुनीललाई शोमा फर्काउन चाहन्छन् । च्यानल पनि उनलाई मनाउने प्रयास गरिरहेको छ ।