२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

राष्ट्रपति विद्यादेवी भण्डारी कतार प्रस्थान

1070 Shares
Spread the love

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी चारदिने औपचारिक भ्रमणका लागि आज कतार प्रस्थान गरेकी छिन्। उनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले विमानस्थलमा विदाई गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएकाले राष्ट्रपतिको विदाईमा उपराष्ट्रपति उपस्थित भएका हुन्।

कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी कतार प्रस्थान गरेकी हुन्। उनको यो भ्रमणमा द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन केन्द्रित हुनाका साथै केही सम्झौतासमेत हुने बताइएको छ।

साथै भ्रमणमा कतारमा ठूलो सङ्ख्यामा रहेका नेपाली कामदारको सुरक्षा र सरोकारका विषयमा विशेष छलफल हुनेछ।

प्रतिक्रिया