२०८३, २३ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीको स्वास्थ्य रिर्पोट सार्वजनिक: छातिमा संक्रमण, चिनीको मात्रा असन्तुलित

1113 Shares
Spread the love

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनलाई आज बिहान त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको हो। अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे जानकारी गराएको छ।

अस्पतालको रिर्पोट अनुसार प्रधानमन्त्री ओलीको छातीमा संक्रमण हुनुका साथै शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको छ। अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तम कुष्ण श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएको र स्वास्थ्य स्थिती सामान्य रहेको बताएका छन्।

उनको स्वास्थ्यका केही दिनअघि देखिनै समस्या देखिएको थियो। स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि उनलाई आज बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको थियो। स्रोतका अनुसार उनको त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा राखेर उपचार भइरहेको छ।

प्रतिक्रिया