२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

साउथ ईष्ट लण्डनमा पासा पुच गुथिले सामुहिक म्हःपुजा तथा बृहत सांस्कृतिक कार्यक्रम गर्दै

2467 Shares
Spread the love

लन्डन । पासा पुच गुथि साउथ ईष्ट लण्डनको आयोजनामा म्हस्पुजा २०१८ तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । नेपाल सम्बत ११३९ को पावन अबसरमा ८ नोभेम्बर २०१८ बिहिबारका दिन बेलुका चार बजे देखि एघार बजे सम्म हुने सो कार्यक्रम एसियन कन्युनिटि सेन्टर ह्वाईट हर्ट रोड लण्डनमा आयोजना हुन गईरहेको पासा पुच गुथि साउथ ईन्ट च्याप्टरका अध्यक्ष सुशिल प्रजापतिले जानकारी दिनु भयो ।

सो कार्यक्रममा उपस्थित जनाउँनेहरुले हप्ता दिन अगाडी नै टिकट लिनका लागी आयोजकले बिनम्र अनुरोध गरेको छ । अगाडी नै टिकट लिईएको खण्डमा टिकटको १५ युरो र कार्यक्रमकै दिन लिईएमा १७ पाउन्ड पर्ने तथा बाह्र बर्ष मुनिकाका लागी ८ पाउन्ड र सात बर्ष मुनिकाको लागी टिकट शुल्क नलाग्ने बताईएको छ । सो बृहत सांस्कृतिक कार्यक्रमको अबसरमा विभिन्न लाखे नाँच, हुलाँ प्याखँ (नाँच) ,धिमेँ बाजा ,कुमारी यात्रा झॉकी, मंजुश्री नाच समेटिएका छन भने समेबजि ६ बजेबाट र नेपाली खाना ८ बजे शुरु हुने छ ।

नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबर्धनका लागि सन २००० मा स्थापना गरिएको संस्था हो पासा पुच गुथि यु के। यो संस्थाले समुदायको हितका लागी बिभिन्न कार्यक्रमहरु पनि गर्दै आईरहेको  जानकारी संस्थाका महासचिव नगेन्द्र श्रेष्ठले दिनुभयो। नेवारी भाषामा म्हः भनेको शरीर हो। आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीर भित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ ।किम्बदन्ती अनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।

यसै अनुरुप सात समुन्द्रपार भएता पनि आफ्नो कला संस्कृतिलाई बचाउँनका लागी पासा पुच गुथि लण्डनले सो कार्यक्रमको आयोजना गर्न लागीरहेको पासा पुच गुथि लण्डनका अध्यक्ष शुसिल प्रजापतिले बताउँनु भयो । कार्यक्रमका बिषयमा अन्य जानकारीका लागी शुशिल प्रजापति अध्यक्ष 07837846562, नगेन्द्र श्रेष्ठ महासचिव 07825794869,म्हःपुजा संयोजक रिता श्रेष्ठ, 07940384384,सांस्कृतिक कार्यक्रम संयोजक सोनि श्रेष्ठ 07411778821, लाई सम्पर्क गर्न सकिने छ । उक्त कार्यक्रममा युकेका र साउथ ईस्ट वरपरका संघ संस्था, समाजसेवि र सबै कला प्रेमिहरुलाई हार्दिक निमन्त्रणा गरिएको छ।

प्रतिक्रिया