२०८३, २८ बैशाख सोमबार
×

ट्रेन्डिङ

लन्डनमा अभियानको उद्घाटन हुदै

987 Shares
Spread the love

लन्डन । अभियानको उद्घाटन सन् १९६० मा स्थापित बेलायतमा कार्यरत नेपालीहरूको संस्था यति नेपाली एसोसियसन, युके र गैर आवासीय नेपाली संघ, बेलायत शाखा तथा मञ्चको संयुक्त आयोजनामा हुदैछ ।
कार्यक्रममै सहभागी हुनकै लागि पूर्वप्रधानमन्त्री नेपाल बेलायत आउदै गरेको जानकारी प्राप्त भएको छ । हेमनले पूर्वप्रधानमन्त्री नेपालको उपस्थितिले कार्यक्रममा ‘सुनमा सुगन्ध’ हुने बताए । बेलायतपछी अभियान क्यानडा, अमेरिका, दक्षिण कोरिया, जापान, खाडी मुलुकहरू जस्ता २० मुलुकमा अभियान पुराउने लक्ष्य निर्धारण गरिएको अभियान सञ्चालनपश्चात पहिलो चरणको कार्यक्रमको समापन विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा कार्यक्रम गरिनेछ ।

जसबाट तिलिचो ताल विश्वकै प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न टेवा पुग्ने अभियानकर्ता हेमनले बताए । उनको संस्थाले तराईका जिल्लामा पुस्तकालय स्थापना, शितलहर पीडित बालबालिकालाई न्यानो लत्ताकपडा वितरण, स्वास्थ्य शिविर सञ्चालन, एचआइभी संक्रमित बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि अक्षयकोष निर्माण तथा रामेछाप, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्ला लक्षित गरी सिन्धुलीको दुम्जा गाउँपालिकामा सौर्य ऊर्जासहितको कम्प्युटर प्रयोगशाला स्थापना लगायतका गतिविधि गर्दै आइरहेको छ ।

प्रतिक्रिया