
मन्दिप केसी, लन्डन । आयोजकहरुको कडा मेहेनत बीच बेलायतमा मिसेस युके नेपालको दोश्रो संस्करण २०१८ सम्पन्न भएको छ ।
विवाहित महिलाहरुको प्रतिभा उजागर र उनीहरु घरमा मात्र होइन, समाजमा समेत आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने दर्शाउन कार्यक्रम गरिएको आयोजक लन्डन फेशन हाउसकी निर्देशक तथा मिसेस नेपाल युनिभर्स २०१८ विजेता तथा आयोजक मनिषा डंगोल श्रेष्ठले बताईन् ।
ब्यस्त प्रवासी जिवनका बिच प्रतिष्पर्धिहरूको उत्साहजनक उपस्थितिले कार्यकममा थप रौनकता थपिएको र कार्यक्रम भब्य रुपमा सफल हुनेमा आयोजक मनिषा डंगोल श्रेष्ठको ठुलो विश्वास थियो ।
सिमित श्रोत , साधन र समयमा पनि आयोजकले दोश्रो संस्करणको मिसेस यूके तयारी तिब्र रुपमा अगाडी बढाएका थिए ।
बेलायतको विभिन्न ठाउमा भएको अडिसनबाट १३ प्रतियोगी छानिएका थिए भने बेलायतमा बसोबास गरिरहेका विवाहित नेपाली नारीहरूले सो प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए ।
लण्डनको दक्षिण भागमा रहेको ह्यारो फुटबल क्लबमा २४ अक्टोबर , बुधबारका दिन आयोजना भएको मिसेस नेपाल यूके २०१८ ’प्रतियोगिताको उपाधि बिनु लामिछानेले पहिरिएकी छन् । प्रतियोगितामा प्रथम रनर अप बन्दना केसी भइन् सबु सेन्चुरी र सबिना श्रेष्ठ सेकेन्ड रनरअप भएका हुन् ।
लन्डन फेशन हाउसले दोश्रो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा बिनु लामिछानेले नै पब्लिक च्वाइसको उपाधि जितेकी थिईन ।
लन्डनस्थित नेपाली दूतावासका उप प्रमुख शरद राज आरन प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योग कुमार फगामी अतिथी दूतावासका थर्ड सेक्रेटरी तेजन्द्र रेग्मी ग्याम गुरुङ,दिपक श्रेष्ठ ,सुशील प्रजापति, बिराज भट्ट ,आरति श्रेष्ठ ,मैया देबी श्रेष्ठ ,माया गुरुङ ,डा. कपिल रिजाल ,हिराधन राई ,बिनोद बराल लगायत सहभागी थिए ।
प्रतियोगिताको निर्णायकमा सितु खरेल रोजिना प्रधान राई कुशल श्रेष्ठ ,डा.रजनी रिजाल ,स्वोएता हुसेन थिए ।
अन्तिम प्रतिस्पर्धामा सुनिता श्रेष्ठ,बन्दना केसी ,सबिना श्रेष्ठ ,सन्तोसी कार्की ,ज्योति गुरुङ ,सबु सेन्चुरी ,निरु कोइराला ,बिनु लामिछाने प्रतिस्पर्धी थिए ।
लन्डन फेशन हाउसले दोस्रो पटक आयोजना गरेको उक्त प्रतियोगितामा मिसेस नेपाल यूके, फस्ट रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाइस, फोटोजेनिक, क्याटवक, वेष्ट शेफ, ब्यूटी फर चेन्ज आदि टाईटल राखिएको थियो ।
विजेताहरुले सुनको गहना, होलिडे प्याकेज, म्युजिक भिडियो, विज्ञापन लगायत अन्य अवसर पाउने अयोजक संस्थाकी निर्देशक श्रेष्ठले बताइन् ।
सबै प्रतियोगीहरुलाई मिसेस नेपाल युनिभर्स २०१८,तथा आयोजक मनिष डंगोल श्रेष्ठले ग्रुमिंग गरेकी थिईन भने फिटनेसको तालिम रोजहिरा फाउन्डेसन यूकेका सभापति हिराधन राइ र रोजिना प्रधान राइले दिएका थिए ।
कार्येक्रमको अफिसयल डिज़ाइनर रेटिना डंगोल गेरको हुन् भने प्रतियोगिहरुको मे-कप तथा कपालको जिम्मा श्रीगारिका बिजेता श्रेष्ठले
गरेकी थिईन । प्रतियोगिहरुलाई हास्पिलाटि तालिम भने चर्चित सेलिब्रेटी सेफ बिनोद बरालले प्रदान गरेका थिए ।
कार्येक्रम संचालन बिवोर ढकालले गरेका थिए भने सो प्रतियोगिताको कोडिनेटर गत सालको मिसेस युके नेपाल बिजेता अस्ठा जोशीले गरेकी थिईन उनलाई कोडिनेटरमा सहयोग सुस्मिता थापाले गरिन् । प्रतियोगिता सफल हुन हिराधन राई ,चिरन्जीवी ढकाल, शिवजी श्रेष्ठले सल्लाकारको भूमिका निभाएका थिए ।
हल सजावटको जिम्मा नमस्कार यिभेन्टले गरेको थियो भने साउन्ड र लाईटको जिम्मा डिजे र साउन्ड इन्जिनर हेम बिस्टले गरेका थिए । सो कार्येक्रमको पोस्टरको डिज़ाइन आवि महर्जन यीपीयस मिडियाले गरेका थिए ।
प्रतियोगीताको फोटोग्राफिको जिम्मा युद्ध पुन र भीडियोग्राफिको जिम्मा सुमन श्रेष्ठले गरेका हुन् । मियुजिक भिडियो पाटनर तथा निर्माण बेलायतको चर्चित के के मुभिज यान्ड मिडियाले गर्दैछ ।
विजयी प्रतियोगीलाई नेपालको एक महत्वपूर्ण संस्था ( Cerebral Palsy ) ले विश्व सेरेब्रल पाल्सीको स्थापना ( World Cerebral Palsy ) अवसर पारेर यहि अक्टोबर , ६ का दिन मिसेस नेपाल यूके बिजेता २०१८ लाई सम्मानार्थ सद्भावना दुत बनाउने कार्यक्रम पूर्व नै घोषणा गरेको थियो l उक्त संस्थाले नेपालमा मष्तिस्क पक्षघात र अपाङ्ग बालबालिकालाई सहयोग गर्दै आइरहेको छ l