२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

एसपी बिष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

1061 Shares
Spread the love

काठमाडौं- गृहमन्त्रालयले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र महेन्द्रनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्त गरेको छ।

गृहमन्त्रालयले कञ्चनपुरकी १३ बर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा प्रहरीले लापारवाही गरेको जिम्मेवारी बोध नगरेका तथा प्रमाण नष्ट गरेको अभियोग लगाएर उनीहरुलाई बर्खास्त गरेको हो। सेवाबाट हटाउने तयारी गरेको हो।

प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार दिउँसो एसपी विष्ट र भट्टको दोस्रो स्पष्टीकरण पत्र मन्त्रालयमा बुझाएको थियो। उनीहरुको स्पष्टीकरणमा मन्त्रालय असन्तुष्ट देखिएको थियो। बुधबार मात्र एसपी विष्ट र निरीक्षक भट्टको पहिलो स्पष्टीकरण पत्र गृहमा बुझाइएको थियो।

प्रतिक्रिया