२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

क्रिकेटमा लगातार दुई दिनमा ३ विशाल विश्वरेकर्ड, बनेको साढे ४ घण्टामै तोडियो एउटा रेकर्ड

1965 Shares

एजेन्सी। क्रिकेटमा मंगलबार र बुधबार लगातार ३ विशाल विश्वरेकर्ड बनेका छन् । यीमध्ये एउटा रेकर्ड त मात्रै साढे ४ घण्टा टिकेको छ । बनेको साढे ४ घण्टामै यो रेकर्ड तोडिएको छ । यीमध्ये दुई रेकर्ड इङल्याण्डले बनाएको छ ।

मंगलबार राती भएको अस्ट्रेलियाविरुद्धको तेस्रो वन डेमा इङल्याण्डले पुरुष वन डेको सर्वाधिक स्कोरको रेकर्ड बनाएको छ । अस्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गरेको इङल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ४८१ रन बनाएको छ । यससँगै इङल्याण्डले पुरुष वन डेमा सर्वाधिक स्कोरको आफ्नै रेकर्ड तोडेको छ ।

यसअघि इङल्याण्डले २०१६ को अगष्ट ३० मा पाकिस्तानविरुद्ध ४४४ रन बनाएको थियो । यतिबेला इङल्याण्डले श्रीलंकाको १० वर्ष पुरानो ४४३ रनको रेकर्ड तोडेको थियो । मंगलबार उसले आफ्नै २ वर्ष पुरानो रेकर्ड तोडेको हो । इङल्याण्डका लागि एलेक्स हल्सले १४७, जोनी बेरिस्टोले १३९, जेसन रोयले ८२ र इयान मोर्गनले ६७ रन बनाए ।

यसको भोलिपल्टै महिला टि–२० मा अर्को रेकर्ड बन्यो । बुधबार दक्षिण अफ्रिकाविरुद्ध मैदानमा उत्रिएको न्यूजिल्याण्डको महिला टिमले २० ओभरमा २१६ रन बनाउँदै महिला टि–२० मा सर्वाधिक टिम स्कोरको रेकर्ड बनायो । न्यूजिल्याण्डले अस्ट्रेलियाको ३ महिना पुरानो २०९ रनको रेकर्ड तोडेको थियो ।

तर, लगत्तै भएको अर्को खेलमा इङल्याण्डको महिला टोलीले साढे ४ घण्टापछि नै यो रेकर्ड तोडिदियो । दक्षिण अफ्रिकाविरुद्ध इङल्याण्डको महिला टोलीले २ ओभरमा २५० रन बनाउँदै महिला टि–२० को सर्वाधिक स्कोरको नयाँ रेकर्ड बनायो ।

प्रतिक्रिया