२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

गणेश लामा थुनामुक्त

912 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेससँग निकट डन भनेर चिनियका गणेश लामा थुनामुक्त भएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय भुक्तान गरेर उनी सोमबार राति छुटेका हुन् ।

गत ३० फागुनमा काठमाडौं प्रहरी परिसरको विशेष टोलीले लामालाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि त्यहाँ पुगेको प्रहरी टोलीले लामालाई पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले २६ चैतमा गरेको थुनछेक आदेश बमोजिम हातहतियार तथा खरखजाना ऐन, २०१७ अनुरुप उनलाई डिल्लाबजार कारागारमा पुर्पक्षका लागि पठाइएको थियो ।

पछि मुद्दाको फैसलामा उनलाई ७ महिना कैद र ७० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

‘पक्राउ परेको दिनदेखि २८ असोजसम्ममा कैद सजाय कट्टा भएकाले अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए थुनामुक्त गर्नु होला भन्ने जिल्ला प्रशासन कार्यालयको परिपत्रअनुसार डिल्लीबजार कारागारले उनलाई थुना मुक्त गरेको हो ।

‘लामाको अन्य मुद्दा नभएले उनलाई छाडिएको कारागार स्रोतले जाएको छ ।

प्रतिक्रिया