२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

नेपाल आइडलका कान्छा प्रतियोगी क्रश्चलले गाए नारायण गोपालको गीत,कस्तो प्रतिकृया पाए ?

1207 Shares
Spread the love

काठमाडौँ । पहिलो अनतराष्ट्रिय गायन रियालिटि शो नेपाल आइडलको पहिलो संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत प्रसारण भइरहेको छ ।

यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।

थिएटर राउन्ड, पियानो राउन्ड हुँदै यति बेला नेपाल आइडल सिजन २ मा गला राउन्ड भइरहेको छ । जहाँ टप १२ जना प्रतिस्पर्धीहरू हुँदै हाल टप १० जना प्रतिस्पर्धीहरू छन् ।

हिजो नेपाल आइडलको एपिसोड १९ मा गेस्ट जजका रुपमा निकै नै चर्चित गायक हेमन्त राणा आएका थिए र हिजो टप १० प्रतिस्पर्धीहरूले आफ्नो प्रस्तुती दिएका छन् ती मध्ये आज हामी त्यस्ता एक प्रतिस्पर्धीको प्रस्तुती देखाउँदैछौँ यस सिजनमा सबै भन्दा कम उमेरका छन् तर उनको गायकी भने निकै नै ठूलो छ ।

ती प्रतिस्पर्धी हुन् क्रश्चल कँडेल । क्रश्चलले यस एपिसोडमा स्वरसम्राट नारायण गोपालको आवाजमा सजिएको “लौ सुन म भन्छु…” भन्ने गीत गाएका छन् । उनी उमेरमा सानो छन् तर उनको गायकी भने ठूलै मान्छेको जस्तो रहेको छ । उनले यो गीतल यसै शोका अर्का प्रतिस्पर्धि मिनराजलाई डेडिकेट गरेका छन् र उनको लागि भोट अपिल पनि।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया