२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

१३६ यात्रु बोकेर दुबइ जान लागेको एयर इण्डियाको विमान दुर्घटना

1843 Shares
Spread the love

एजेन्सी। एयर इण्डियाको एक विमान दुर्घटनाग्रस्त भएको छ । उडान भर्न टेकअफको क्रममा एयर इण्डियाको उक्त विमान तमिलनाडुको त्रिची विमानस्थलमा दुर्घटना भएको हो । टेकअफका क्रममा विमान एयर ट्राफिक कन्ट्रोलको भित्तामा ठोक्किएको भारतीय मिडियाले जनाएका छन् । बोइङ ७३७–८०० विमान दुबइ जाँदै थियो । विमानमा १३६ यात्रु सवार थिए ।

उड्ने क्रममा एयर ट्राफिक कन्ट्रोलको भित्तामा ठोक्किएपछि विमानलाई मुम्बइको छत्रपति शिवाजी विमास्थलमा आकस्मिक अवतरण गराइएको छ । विमानमा भएका सबै यात्रु सुरक्षित भएको बताइएको छ । एयर इण्डियाले जाँच पूरा हुँदासम्मको लागि पाइलट र कोपाइलटलाई ड्युटीबाट हटाइएको बताएको छ । सबै यात्रुलाई अर्को विमानमा दुबइ पठाइएको छ । विमानमा चरा ठोक्किएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । विमानका दुई पाङग एटिसीको भित्ता र एन्टेनामा ठोक्किएको बताइएको छ ।

प्रतिक्रिया