२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

भरतमा आँधीबाट आठको मृत्यु

1510 Shares
Spread the love

भुवनेश्वर : भारतको उडिसा र आन्ध्र प्रदेशमा आएको आँधी ‘तितली’बाट आठजनाको मृत्यु भएको छ ।

केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले रिकार र प्रशासन सतर्क रहेको जानकारी दिएका छन् । प्राकृतिक विपत्तिबाट पार पाउन सबैबाट सहयोग मिल्ने मन्त्री प्रधानले विश्वास व्यक्त गरेका छन् ।

उडिसाका मुख्यमन्त्री नवीन पटनायकले पनि विशेष राहत आयुक्तलाई भेटेर तयारीको बारेमा जानकारी लिएका थिए । आँधी प्रभावित क्षेत्रमा राष्ट्रिय विपत्ति उद्धार टोली खटिएको छ । आँधीका कारण ठाउँठाउँमा रूख ढलेका छन् । बिजुलीका खम्बा ठाउँठाउँमा ढलेकाले बाटो अवरुद्ध भएको छ । आँधीकै कारण विभिन्न ठाउँमा फोन सम्पर्कविच्छेद भएको छ ।

गोपालपुरममा डुंगा पल्टँदा पानीमा डुबेका ६ माझीको उद्धारकर्मीले उद्धार गरेका थिए । उडिसाका कैयौं भूभागमा लगाइएको बालीनाली आँधीले सखाप पारेको छ ।

विभिन्न इलाकामा भीषण वर्षा भइरहेको छ । यहाँबाट अन्यत्र जाने रेलसेवा पनि ठप्प भएको छ । गजापति जिल्लाका अधिकांश भागमा सञ्चारसम्पर्क विच्छेद भएको छ । यहाँको गोपालपुरमा १०२ किमि प्रतिघण्टाको दरले आँधी आएको स्थानीय सरकारले जनाएको छ । होचा भूभागमा बसोवास गर्दै आएका १० हजार व्यक्तिलाई बुधवार नै सुरक्षित स्थलमा सारिएको थियो ।

उडिसाका मुख्यमन्त्री नवीन पटनायकले बिहीबार दिउँसोसम्म करिब तीन लाख व्यक्तिलाई तटीय क्षेबाट अन्यत्र स्थानान्तरण गरिएको स्पष्ट पारे ।

सरकारले ३ सयभन्दा बढी ढुंगा सतर्क अवस्थामा राखेको छ । सरकारले प्रभावित व्यक्तिलाई आ श्रय दिन ८७९ शिविर तयार पारेको छ ।

प्रान्तीय सरकारले राज्यका शुक्रवारसम्म सबै शैक्षिक संस्था बन्द गर्न आदेश दिएको छ । राज्यका सबै कर्मचारीको बिदा रद्द गरिएको छ ।

प्रतिक्रिया