२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

निर्मला हत्या : एसपी बिष्टका छोराले प्रधानमन्त्रीलाई लेखे खुलापत्र (पत्र सहित)

1581 Shares
Spread the love

असोज २५ -कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसकेको छ तर आजसम्म पनि प्रहरी प्रशासन अपराधीलाई सार्वजनिक गर्न सकेको छैन । घटनाको छानबिन गर्ने बाहानामा निलम्बित एसपी डिल्ली राज बिष्ट लगायतका टिमले निर्दाेष व्यक्तिहरुलाई प्रक्राउ गरी चरम यातना दियो । घटनामा मुछिएकाहरु भने बिष्टका छोरा किरण र मेयरका भतिज आयुब बिष्ट र बम दिदी बहिनीहरुमाथि बढि संका गरियो ।

व्यापक बिरोध र जनदबाबकाबीच सरकारले एसपी बिष्टसहित किरण र आयुबको डिएनए टेष्ट भयो तर नतिजा नकरात्मक आयो । त्यसका बावजुद शंकास्पद सबै जनामाथि पुन प्रश्न चिन्ह आए । यसबीचमा एसपी बिष्टका छोरा किरणले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा खुला पत्र लेखेका छन् । किरणले आज बिहीबार सामाजिक सञ्जाल फेसबुकमाफर्त आफनो भनाई र स्पष्टीकरण राख्दै खुलापत्र लेखेका हुन् ।

उनले खुलापत्रमा आफनो नाम निर्मला पन्तको हत्यासंग जोडेर काल्पनीक र तथ्यहीन आरोपहरु लगाएर आफनो चरित्र हत्या गर्न खोजेको भन्दै आफनो मानव अधिकारी हनन भएको उल्लेख गरेका छन् । उनले निर्मलाले न्याय पाउँनु पर्ने बताउँदै घटनामा आफु निर्दाेष भएको बताएका छन् ।

उनी लेख्छन्” निर्मला पन्त बहिनीलाई न्याय दिलाउन अनुसन्धान कार्यमा आफनो तर्फबाट पूर्ण सहयोग रहेको छ तर सहयोग गर्दा गर्दे पनि केही व्यक्तिले सुनियोजितरुपमा मलाई र मेरो परिवारलाई गम्भिर तनाव र पीडा हुनेगरी चरित्र हत्या गर्ने कार्य भईरहेकोले एउटा निर्दाेष नागरिकलाई स्वतन्त्ररुपमा बाच्न पाउँने अधिकार यो देशमा छ भने मलाई अनाहकमा सामाजिक सञ्जालमाफर्त यस्तो यातना किन ?”

अनुसन्धानको क्रममा भएको डिएनए रिपोर्टबाट समेत आफु निर्दाेष साबित भईसेकपछि रिपोर्ट नै गलत भनेर आएका टिप्पणीमा पनि उनले दुखेसो पोखेका छन् । उनले निर्मलासंग भएको भनी हल्ला भएको फोटोसुटका कुरा पनि स्पष्ट पारेका छन् । उनी भन्छन् “साउन १० गते होटल ओपेरामा भएको फोटोसुटमा एक जना मोडलसहित जम्मा ५ मात्र भएको र उक्त कुराहरु सबै प्रहरीमा पेश गरिसकेको छ”।

उनले राष्ट्रिय मानव अधिकार आयोग र उच्चस्तरिय छानबिन समितीको प्रतिवेदनप्रति पनि असहमती जनाएका छन् । उनी अगाडी लेख्छन् राष्ट्रिय मानव अधिकार आयोग र उच्चस्तरिय छानबिन समितीले प्रतिवेदन पेश तथान सार्वजनिक गर्दा सबै पक्षलाई समेटेर प्रतिवेदन उल्लेख गर्नु पर्नेमा म लगायत मेरो परिवार र उक्त दिनमा मसंग कार्यक्रममा सहभागी रहेका व्यक्तिहरु कसैसंग सोधपुछ तथा बुझ्ने कार्य नगरी एकपक्षियरुपमा प्रतिवेदन तयार गरिएको देखिएको छ यसमा मेरो मानव अधिकार अटायो र” ? उनले सबै कुरा नबुझिकन आफनो बारेमा पुष्टी नभएका समाचारहरु प्रकासित नगर्न उनले मिडियालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया