मन्दिप केसी ,लन्डन । परिवर्तनका लागि नारी शक्ति महत्वपूर्णको मूल नारा लिदै आयोजना हुन लागेको कार्यक्रम मिसेस नेपाल यूकेको दोश्रो संस्करण नेपाली डायस्पोरामा अहिले निकै सर्वाधिक चर्चाको विषय बनेको छ ।
ब्यस्त प्रवासी जिवनका बिच प्रतिष्पर्धिहरूको उत्साहजनक उपस्थितिले कार्यकममा थप रौनकता थपिएको र कार्यक्रम एकदम सफल र भब्य हुने आयोजक मनिश्ना डंगोल (श्रेष्ठ) नेपाल संसारलाई दाबी गरिन ।
सिमित श्रोत , साधन र समयमा पनि आयोजकले दोश्रो संस्करणको मिसेस यूके तयारी तिब्र रुपमा अगाडी बढेको जानकारी प्राप्त भएको छ । बेलायतलो विभिन्न ठाउमा भएको अडिसनबाट १३ प्रतियोगी छानिएका थिए । बेलायतमा बसोबास गरिरहेका विवाहित नेपाली नारीहरूले सो प्रतियोगितामा प्रतिष्पर्धा गर्दैछन् ।
नेपाल संसारलाइ प्राप्त जानकारी अनुसार अनलाईन भोटिंग यसै साताबाट सुरु भैसकेको हुनाले आफ्नो मनपरेको प्रतियोगीलाइ लन्डन फेसन हाउसको फेसबुक पेजमा गएर भोट गर्न सकिन्छ ।
सबै प्रतियोगीहरुलाई मिसेस नेपाल युनिभर्स २०१८ ,तथा आयोजक मनिष डंगोल (श्रेष्ठ) ले तालिम प्रदान गर्दै छिन् भने फिटनेसको तालिम रोजहिरा फाउन्डेसन यूकेका सभापति हिराधन राइ र रोजिना प्रधान राइले दिदैछन् ।

कार्येक्रमको अफिसयल डिज़ाइनर रेटिना डंगोल हुन् भने प्रतियोगिहरुको मे-कप तथा कपालको जिम्मा श्रीगारिका बिजेता श्रेष्ठलाइ प्रदान गरिएको छ ।

प्रतियोगिहरुलाई हास्पिलाटि तालिम भने चर्चित सेलिब्रेटी सेफ बिनोद बरालले प्रदान गर्नेछन् ।

कार्येक्रम संचालन बिवोर ढकालले गर्दैछन् भने सो प्रतियोगिताको कोडिनेटर गत सालको मिसेस युके नेपाल बिजेता अस्ठा जोशीले गर्दैछिन् उनलाई कोडिनेटरमा सहयोग सुस्मिता थापाले गर्दैछिन् ।

हल सजावटको जिम्मा नमस्कार यिभेन्टलाई दिएको छ भने साउन्ड र लाईटको जिम्मा डिजे र साउन्ड इन्जिनर हेम बिस्टले लिएका छन् । सो कार्येक्रमको पोस्टरको डिज़ाइन आवि महर्जन यीपीयस मिडियाले गरेका छन् ।
प्रतियोगीताको फोटोग्राफिको जिम्मा युद्ध पुन र भीडियोग्राफिको जिम्मा सुमन श्रेष्ठले लिएका छन् । मियुजिक भिडियो पाटनर बेलायतको चर्चित के के मुभिज यान्ड मिडियालाई लिईएको छ ।
विजयी प्रतियोगीलाई नेपालको एक महत्वपूर्ण संस्था ( Cerebral Palsy ) ले विश्व सेरेब्रल पाल्सीको स्थापना ( World Cerebral Palsy ) अवसर पारेर यहि अक्टोबर , ६ का दिन मिसेस नेपाल यूके बिजेता २०१८ लाई सम्मानार्थ सद्भावना दुत बनाउने कार्यक्रम पूर्व नै घोषणा गरेको छ l उक्त संस्थाले नेपालमा मष्तिस्क पक्षघात र अपाङ्ग बालबालिकालाई सहयोग गर्दै आइरहेको छ l

लण्डनको दक्षिण भागमा रहेको ह्यारो फुटबल क्लबमा २४ अक्टोबर , बुधबारका दिन आयोजना गर्न लागिएको मिसेस नेपाल यूके २०१८ नेपालीहरूको महान चाड बडादशैको हाराहारीमा हुने भएकोले कार्यक्रम विशेष हुने आयोजक , लण्डन फेशन हाउस कि निर्देशक तथा मिसेस युनिभर्स नेपाल २०१८ कि विजेता मनिषा डंगोल श्रेष्ठले विश्वास गरेकी छिन् I