२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

नेपाली युवा क्षितिज गुगल कम्पनीको प्रविधि विज्ञमा नियुक्त

1917 Shares
Spread the love

असोज १९-  नेपाल आइटी र प्रविधीको दुनियाँमा बिस्तारै पाईला चालिरहेको छ । यस क्षेत्रमा नेपाल बिल्कुल्लै नयाँ देश हो भन्दा कत्ति फरक पर्देन । तथापी केही जोशिला र होनहार नेपाली युवाहरुले गरेका उन्नती र प्रगती मुलुककै लागि प्रेरणाको श्रोत बनिरहेको छ जुन गर्व गर्न लायक कुरा पनि हो ।

यसबीचमा नेपाली एक युवा क्षितिज रिमाल गुगल कम्पनीमा प्रविधि विज्ञको रुपमा नियुक्त भएका छन् । उनको करियरका लागि यो नितान्त व्यक्तिगत उपलब्धी हो तर पनि क्षितिजको यो उपलब्धी सम्पुर्ण संसारभरी आईटी क्षेत्रमा अध्ययनरत विद्यार्थीका लागि गर्व गर्न लायक र प्ररणादायिक बन्न पुगेको छ ।

आठ वर्षयता आईटी क्षेत्रमा कार्यरत क्षितिज एआई डेभलपर तथा गहन सिकाइको लागि काम गर्छन् । आईसिटी फ्रेम डट कममा उल्लेख भएअनुसार उनी पोख्त यूआई÷यूएक्स डिजाइनर मानिन्छन् ।

उनको मुख्य काम एआई सिस्टम निर्माणमा केन्द्रित हुँदैआएको छ ।अरु २२ देशका विज्ञ पनि नियुक्त भएका भएका क्षितिज नेपालका लागि ईन्टरनेस्नल एआई एम्बेस्डर पनि हुन् ।

प्रतिक्रिया