२०८२, २९ बैशाख सोमबार
×

ट्रेन्डिङ

भारतीय च्यानलमा ३ नेपाली युवाको धमाकेदार प्रस्तुतीपछि चौतर्फी चर्चा (भिडियो सहित)

1461 Shares

पछिल्लो समय नेपाली गीतसंगित , नेपाली कलाकार र उनीहरुको प्रतिभाले अन्तराष्ट्रिय मञ्चहरु पाईरहेका छन् । जसमा अधिकांश कलाकारहरुले भारतीय रियालिटी शोहरुमा राम्रो हिस्सा लिँदै आएका छन् र चर्चा पनि कमाउँदै आईरहेका छन् । यसबीचमा भारतकै सर्वाधिक चर्चित डान्स रियालिटी शो डान्स प्लस ४ मा एक नेपाली डान्स ग्रुपले आफनो धमाकेदार प्रस्तुती दिएका छन् त्यो पनि नेपाली गीतमा नै ।

चिटिक्क नेवारी पोसाकमा सजिएर रैपिडो च्याम्स नामक नेपाली डान्स ग्रुपले अहिलेको चर्चित गीत मन मगन गीतमा आफनो धमाकेदार प्रस्तुती दिएका हुन् । साच्चै भारतीय च्यानलमा नेपाली पोशाक लगाएर नेपाली कलाकार नेपाली गीतमा नै डान्स गरेको देख्दा हरकोही नेपालीको मन गर्वले चौडा हुन्छ । उनीहरुलाई चर्चित कोरियोग्राफर एवं शोका जज धर्मेसले नेपाल आएर नै उनीहरुलाई सेलेक्ट गरेका थिए ।

रैपिडोको प्रस्तुतीपछि मुख्य जज रेमो डिसुजाले खुलेर प्रशंसा गरेका थिए भने उनीहरुलाई अघिल्लो चरणमा समेत प्रबेश दिलाएका छन् । यतिबेला रैपिडो च्याम्सको यो भिडियो सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ । स्मरण रहोस यसअघि पनि वाइल्ड ¥यापर्स , सुसान्त खत्री , द नेपहोलिक क्रु लगायतका नेपाली डान्सरहरुले नेपालको नाम रोशन गरिसकेका छन् ।

प्रतिक्रिया