२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

लण्डनमा खुल्यो सम्वृद्धि रियल इस्टेटको सम्पर्क कार्यालय

1450 Shares
Spread the love

लन्डन । बेलायतको प्लमस्टीड लण्डनमा सम्वृद्धि रियल इस्टेटको सम्पर्क कार्यालय उद्घाटन गरि कार्य आरम्भ गरिएको छ ।

अन्तरास्ट्रिय स्तरको ब्याबसायिक रियल इस्टेट सेवा नेपालमा प्रदान गर्ने अभिप्रायले खोलिएको उक्त कम्पनीले बिस्वको धेरै मुलुकमा आफ्नो सम्पर्क कार्यालय खोल्ने र नेपालको ठुला सबै सहरहरुमा पुग्ने उदेस्य अनुरुप यो सम्पर्क कार्यालय खोलिएको हो ।

एनआरएनएयुके उपाध्यक्ष एबम सम्वृद्धि रियल इस्टेटको मार्केटिंग डाईरेक्टर ललित न्यौपाने तथा कम्पनीका सेल्स डाईरेक्टर सुमन राई ले संयुक्त रुपमा उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा एनआरएनएयुके का उप महासचिब बिनय अधिकारी ,सचिब एबम बिजिबेस बिभाग संयोजक सुरोज मास्के ,सदस्य एबम रोयल बरो अफ ग्रीनवीचका महासचिब जित रानाभाट ,सदस्य एबम झापाली समाज युके का अध्यक्ष अर्कराज तिम्सिना ,सदस्य राजन खकुरेल ,एनआरएनएयुके राज्य समन्वय विभागका सचिब मुकुन्द बास्तोला ,,एनआरएनएयुके राज्य समन्वय विभागका का सदस्य एबम जेन्स युकेका महासचिब तिलक भट्टराई ,बुद्ध फाउन्डेसनका अध्यक्ष दिपक श्रेष्ठ ,पशुपति मन्दिरका अध्यक्ष सहदेब गिरि ,रोयल बरो अफ ग्रीनवीचका अध्यक्ष हरि गोबिन्द गुरुङ ,पासापुच गुठीका अध्यक्ष कुमार श्रेष्ठ ,पासापुच गुठीका साउथ इस्ट अध्यक्ष सुशील प्रजापति ,इनास ग्लोबलका महासचिब मनिष कुमार श्रेष्ठ,एच एस एम पी का निबर्तमान महासचिब चन्द्र कार्की ,सुर्य एंड कम्पनीका डाईरेक्टर सुर्य के सी ,बरिस्ट साहित्यकार बासु सशी शर्मा , बिनोद न्यौपाने , ब्यबसायी मदन पौडेल ,राम प्रसाद शर्मा ,दिलिप तामांग ,पत्रकार मन्दिप के सी , गणेश खड़का लगायतको उपस्थिति रहेको थियो ।

अब बेलायतमा बस्ने नेपाली हरुले नेपालको प्रोपटिको लागि पनि अन्तरास्ट्रिय स्तरको रियल इस्टेट सेवा युके मा नै प्रदान गरिने , नेपालमा प्रोपर्टी ब्यबसाय लाई अन्तरास्ट्रिय मापदण्ड अनुसार बनाई सस्थागत गर्न प्रयास गर्ने , सम्वृद्धिको अभियान लाई बिस्व भरि ,नेपाल भरि पुर्याउने लक्ष्य राखीएको ,संसार भरि छरिएका नेपालीहरुलाई प्रोपर्टीको बारेमा सहि सूचना दिने ,उचित लगानीको अवसर प्रदान गरिने भन्दै उक्त कार्यक्रममा कम्पनीको बारेमा सम्वृद्धि रियल इस्टेटका मार्केटिंग डाईरेक्टर एबम एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपानेले जानकारी गराएका थिए ।

नेपाल र नेपालीलाई सम्बृद्ध बनाउने पबित्र उदेस्य बोकेको यस कम्पनीको सफलताको सुभकामना व्यक्त गर्दै सेवा लिन एबम सहकार्य गर्न तयार रहेको उक्त कार्यक्रमका सहभागी हरुले बताएक थिए ।

प्रतिक्रिया