काठमाडौं । असोज ५ गते यति एयरलायन्सको जहाजमा भैरहवाबाट काठमाडौं आउँदै गरेकी कपिलवस्तुकी ३० बर्षीया पुष्पा रायमाझीको मृत्यु भयो । मृतक रायमाझी ७८ वर्षीया हजुरआमाको उपचारको लागि फुपु माया खड्कासहित काठमाडौं आउँदै थिइन् ।
यति एयरको एटीआर ७२–५०० विमानमा उडेको केहि मिनेटमा नै जहाज भित्र अक्सीजनको मात्रा निकै कम भएकाले सबै यात्रु आत्तिएको पुष्पाका आफन्त बताउँछन् । रायमाझीसँगै सिटमा रहेकी उनकी फुपु खड्का अनुसार विमान उडेको केहि बेरमै गर्मी भएको भन्दै पुष्पा आत्तालिन थालेपछि चेक गर्दा जहाजको एसी बन्द थियो, भने विमानका एयर होस्टेजहरुले समेत सहयोग माग्न थालेका थिए । खड्का भन्छन्, ‘विमान काठमाडौं प्रवेश नगर्दै पुष्पा आफ्नै काखमा हेरेको हे¥यौ भइन् ।’
३५ मिनेटको उडानपछि जहाज त्रिभुव विमानस्थलमा ल्याण्डिङ्ग भयो र पुष्पालाई सिनामंगल स्थित केएमसी अस्पताल पु¥याइयो । तर अस्पताल पुगेको आफन्तलाई चिकित्सकले औषधि चलाउनु औपचारिकता पुरा गर्ने मात्रै भएकाले आफन्तसँग सल्लाह मागेका थिए ।
र उक्त रात बिरामीको अवस्था बारे कुरुवालाईसमेत कुनै जानकारी नगराएको अस्पतालले असोज ६ गते मात्रै मृत घोषणा ग¥यो ।