२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

थाइल्याण्डका राजा र परिवारका लागि एक हजार ६०० सुरक्षाकर्मी खटाइयो

1379 Shares
Spread the love

बैङ्कक । थाइल्याण्डका राजा र उहाँको परिवारका लागि झण्डै एक हजार ६०० सुरक्षाकर्मी खटाइएको छ ।
राजा महा भाजिरालोङकोर्न र उहाँको परिवारका लागि यति ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु खटाइएको सुरक्षा स्रोतले शुक्रबार जनाएको छ ।

थाइल्याण्डको राजसंस्थालाई उच्च सम्मानकासाथ हेरिन्छ भने त्यही अनुसारको सुरक्षा व्यवस्था गरिएको छ ।
थाइल्याण्डका जनताले अति आदर गर्ने तत्कालिन नरेश भूमिबोलको निधन भएपछि अहिले उहाँका छोरा राजा बन्नु भएको छ ।
स्वघोषित विषेश सेवा विभाग नवनियुक्त प्रमुख तोर्साक सुक्भीमोलले एएफपीलाई दिएको जानकारी अनुसार हालै मात्र ४०० सुरक्षाकर्मीहरु थपिएका छन् ।थपिएका सुरक्षाकर्मीहरु अपराध नियन्त्रण विभागबाट ल्याइएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई शाही परिवारको सुरक्षा र संस्कारका बारेमा पनि प्रशिक्षित गरिएको छ ।

“अहिले थपिएका सहित गरेर कुल सुरक्षाकर्मीहरुको संख्या एक हजार ६१७ पुगेको छ” तोर्साकले भन्नुभयो । उनीहरुले करिब पाँच बर्ष त्यहाँ सेवा गर्ने बताइएको छ ।  शाही सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुलाई दश उप विभागमा विभाजन गरेर जिम्मेबारी दिइएको छ ।

प्रतिक्रिया