एजेन्सी । इन्टरपोलका अध्यक्ष मेंग होंगवेई वेपत्ता भएका छन् । ६४ वर्षीय होंगवेई वेपत्ता भएपछि फ्रान्स सरकारले यो घटनाको अनुसन्धान शुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विश्वका प्रहरीको संगठन इन्टरपोलको मुख्यालय फ्रान्सको लियोन सहरमा छ । होंगवेईकी श्रीमतीले उनी वेपत्ता भएकोबारे जानकारी दिएकी हुन् । उनले आफ्ना श्रीमानसँग अन्तिम भेट सेप्टेम्बरको अन्तिम हप्तामा भएको बताएकी छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार होंगवेई वेपत्ता हुनुभन्दा पहिला चीनका लागि प्रस्थान गरेका थिए । उनले २९ सेप्टेम्बरमा फ्रान्स छोडेको बताइएको छ ।
नोभेम्बर २०१६ मा इन्टरपोलको अध्यक्ष बन्नुभन्दा पहिला उनी चीको पब्लिक सेक्युरेटीका उपमन्त्री थिए । उनको जिम्मेवारी गुप्तचर प्रहरीका गतिविधि निगरानी गर्ने थियो ।
इन्टरपोलको ९५ वर्षको इतिहासमा इन्टरपोलको अध्यक्ष हुने होंगवेई पहिलो चिनियाँ नागरिक हुन् ।