काठमाडौं । नेपालका लागि कतारका राजदुत विनअल हेलले कतारमा नेपाली कामदारहरुको न्यूनतम तलब १३ सय कतारी रियाल हुने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्शले बुधबार काठमाडांैमा आयोजना गरेकोे एक कार्यक्रममा बोल्दै राजदूतले युसुफले यस्तो जानकारी दिएका हुन् ।
राजदुत युसुफले भने, ‘नेपाली युवाहरुले कतारको विकास निमार्णका कार्यहरुमा महत्वपूर्ण भूमिका निर्बाह गरेका छन् ।’
उनले कतारमा हुने सन् २०२२ को विश्वकप फुटवल प्रतियोगिताको रंगशाला समेत निमार्णका लागि धेरै कामदारहरु आबश्यक परेकोले कतारमा नेपालीहरुका लागि रोजगारको राम्रो अवसर रहेको समेत बताएका छन् । उनले यसबाट नेपाली कामदारहरुलाई पनि नयाँनयाँ सीप सिक्ने अबसर भएको बताएका छन् ।
राजदूत युसुफले नेपाली कामदारहरुले गरेको महत्वपूर्ण योगदानको प्रशंसासमेत गरे । उनले नेपाल र कतारबीच दुईपक्षीय घनिष्ट सम्बन्धरहेको बताएका छन् । कार्यक्रममा बोल्दै युसुफले नेपालस्थित कतारी राजदुतावासले दुवै देशको हित तथा सम्बन्ध विस्तारमा सहयोग गर्ने समेत बताएका हुन् ।
नेपाली कामदारको लागि प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको कतारमा अहिले पनि झण्डै चारलाख नेपालीहरु कार्यरत छन् । नेपालमा कार्यरत कामदारहरुले प्रत्येक वर्ष करिब २० लाख अमेरिकी डलर नेपाल पठाउने दुतावासको अनुमान छ ।
कार्यक्रममा वैदेशिक रोजगार विभागका शाखा अधिकृत राजन प्रसाद तिमल्सिनाले नेपाल र कतारबीच मैत्रीपूर्ण श्रम सम्बन्ध रहेको बताउँदै नेपाली कामदारहरुको गन्तव्य मुलुकका रुपमा नेपाल रहेको तथ्य समेत प्रस्तुत गरेका थिए ।