बलिउडमा यतिबेला चर्चित अभिनेता नाना पाटेकरको इज्जत नै छिन्न भिन्न भएको छ । सन २००८ मा हर्न ओके प्लिज फिल्मको सुटिङ दौरान नानाले आफुमाथि यौन हिंसा गरेको , हातपात गरेको आरोप लगाएकी थिईन् । तर त्यस समय उनको यस आरोपलाई नत मिडियाले साथ दिए नत प्रहरीले नत बलिउडकर्मीहरुले । यस घटनापछि तनु श्रीको करियरमात्र खतम भएन उनी डिप्रेसनको शिकारसमेत बनिन् । त्यस समय उनले आध्यामिक बाटोमा हिडेर डिप्रेसनबाट मुक्ति पाउँने प्रयास पनि गरिन् ।
हाल अमेरिकामा बस्दै आएकी तनु श्रीले पुन भारतमा आई यस घटनाको उजागार गरेकीछिन् । तनु श्रीको आरोपपछि बलिउड यसरी हल्लिएको छ की यसले बलिउडको भित्री कुरुप आवरणलाई देखाएको छ । उनको आरोपमा बलिउडका अधिकांशले समर्थन जनाएका छन् कोही यसलाई पब्लिसिटी स्टण्ड मानिरहेका छन् । तनुले नानामाथि यौन हिंसाको आरोपमात्र होईन राजनितीक पार्टीका गुण्डा बोलाएर आफु र आफनो अभिभावक सवार गाडीमाथि हमला गराएकोसमेत आरोप लगाईन् ।
यसबारेमा धेरै खाले चर्चा भएपछि उक्त घटनाको फुटेज नै सार्वजनिक भएको छ । जहाँ तनु श्री सवार गाडीमाथि केही पुरुषहरुले निकै ठुलो र डर लाग्दो आक्रमण गरेका छन् । त्यतीमात्र होईन त्यहाँ एक क्यामरा बोकेका पत्रकारले समेत उनको गाडीमाथि तोडफोड गरेका छन् । गाडी भित्रै रहेकी तनु त्यतीबेला केही डराएको पनि देखिन्छ । भिडियो हेर्दा नै थाहा हुन्छ की यदि त्यहाँ प्रहरी नभएको भए उनीमाथि जे पनि हुन सक्थ्यो ।
यो भिडियो भाईरल भएपछि तनुको पल्ला भारी देखिएको छ भने नाना कमजोर । सुटिङको समय बिवाद हुँदा प्रहरी आउँनु स्वभाविक देखिन्छ तर गुण्डामाफर्त तनु श्रीमाथिको आक्रमणबाट घटनामा नाना धेरै हदसम्म दोषी देखिन्छन् । अब हेरौँ यो मुद्धाले अन्त्यमा कस्तो रुप लिने हो । यति बेला नाना हाउसफुल ४ को सुटिङमा व्यस्त रहेका छन् ।