२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

पजञ्जलीले नेपालमा योग र आयुर्वेद सम्बन्धी विश्वविद्यालय स्थापना गर्ने

2693 Shares
Spread the love

काठमाडौं। पतंजली योगपिठ नेपालले नेपालमा आयूर्वेद तथा योगसम्बन्धि विश्वविद्यालय स्थापना गर्ने भएको छ। पतंजली योगपिठ नेपालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयूर्वेद तथा योगसम्बन्धि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराए।

बुधबार मण्डिखाटारस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी उनले नेपालमा आयुर्वेद तथा योगसम्बन्धि अध्ययन, अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्नका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भइसकेको जनाए। त्यसैगरी कम्पनीले खेलप्रति इच्छुक बालबालिकका लागि स्र्पोटस् विद्यालय स्थापना गर्ने घोषणा पनि गरेको छ। प्रतिभाशाली बालबालिकालाई अघि बढाउन नेपालमा स्र्पोटस् विद्यालय स्थापना गर्ने सोच बनाइएको अध्यक्ष बालकृष्णले बताए।

नेपाली मूलका आचार्य बालकृष्णले पतंजली योगपिठले नेपाललाई आयूर्वेद र योगको माध्यामबाट समृद्ध र स्वच्थ बनाउन चाहेको पनि बताए। उनले नेपालको हित प्रतिकूल आफूहरुले केही पनि सोच्न नसक्ने बताए। अध्यक्ष बालकृष्णले नेपालमा जडिबुटीको खेती गरेर नेपालीलाई नै रोजगारीको अवसर सृजना गर्न आफूहरु केन्द्रित रहेको दावी गरे।

चर्चित योगगुरु रामेदवको स्वामित्व रहेको पतंजली योगपिठको नेपालस्थित कम्पनी आचार्य बालकृष्णको नेतृत्वमा संचालित छ। अध्यक्ष बालकृष्णले पतंजली योगपिठको आयूर्वेदका उत्पादनहरु गुणस्तरहिन रहेको स्विकार गर्दै त्यसमा सुधार ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया