२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

लन्डनमा सुरुभयो युवा जागरण अभियान

2233 Shares
Spread the love

मन्दिप केसी

लन्डन । नेपालको अर्थिक समृद्धि र सामाजिक बिकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ काम गर्दै आएको युवा जागरण अभियानले देशभर विभिन्न नीतिगत अन्तरक्रिया, संवाद, बहस र छलफल लगायत अभिमुखीकरण कार्यक्रम गरि लक्षित वर्गमा उर्जा भर्ने काम गरेको चिन्तन पौडेलले लन्डनमा सम्पन्न अन्तरक्रियामा जानकारी दिए  ।

जागरण अभियानको बारेमा थप जानकारी दिदै संयोजक चिन्तनले कुनै पनि राष्ट्र निर्माणको अभियानमा स्पष्ट नीति र कार्ययोजना सहितको ढांचाबाट नै सम्भव छ तर्सथ नेपालको अर्थिक नीति , सामाजिक बिकास बारे नीति , शैक्षिक नीति , स्वास्थ सेवा सम्बन्धि नीति लगायत बिषयमा नीति बहस चलाएर नीति कार्यपत्र तयार गर्दै गरेको बताएका थिए ।
उक्त युवा जागरण अभियान विभिन्न सामाजिक बिकासका योजनाहरुमा हातेमालो गर्दै ग्रामीण भेगमा कृषि क्रान्ति र शैक्षिक बिकासका क्षेत्रमा अग्रसर भइ नेपालमा नै बसौं बसौं बनाउने तर्फ अभियान सक्रिय रहेको छ । सानो-सानो परिवर्तनबाट राष्ट्र निर्माण सम्भव छ भन्ने अभिप्रायले अभियान मेची-महाकाली जोड्ने लक्ष्य बोकेर अग्रसर रहेको संयोजक चिन्तनले आशा गरेका छन् ।

अन्तरक्रियामा जनसम्पर्क समिति बेलायतका उप-सभापति सुरज केसीले स्वागत मन्तव्य राख्दै आफ्नो सक्दो सहयोग रहने बताए ।

युवा जागरण अभियान एकदम सकारात्मक सोच भएको र सो अभियानको पूर्ण सफलताको कामना गर्दै एनआरएनले युवाहरुलाई  समेट्ने  काम पनि गरेको हुँदा  हामी  एक आपस्मा भावी दिनहरुमा हाते मालो गरेर अगाडि  बड्न सकिने एनआरएन बेलायतका उपमहासचिव विनय अधिकारीले बताए ।

अन्तरक्रियामा सहभागी पत्रकार खेमराज रानाभाट (चिन्तन)  युवा जागरण अभियानले समाजमा आइपर्ने  चुनौतीहरुको सामना गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए ।

जनसम्पर्क समिति बेलायतका पुर्व सभापति चेत नाथ खनालले साउथइस्ट लन्डनवासी नेपालीहरु सधै युवा जागरण अभियानको समर्थन गर्ने र एस्तो  अभियानलाई खुल्ला मनले सम्मान गर्ने जानकारी दिए ।

उक्त कार्येक्रममा आफ्नो विचार राख्दै जनसम्पर्क समिति बेलायतका सह-कोषाध्यक्ष कुश बस्नेतले युवा जागरण अभियानको सफलताको शुभकामना दिए ।

युवाहरु देशको भविष्य हो र यो जागरण अभियानले युवाहरुको सोचमा सकारात्मक सोचको विकाश गर्नेमा आफु आशावादी रहेको जनसम्पर्क समिति बेलायतका सह महामन्त्री उपेन्द्र पौडेलले बताए ।

अन्तरक्रियामा कांग्रेसमा अस्था राख्ने  साउथइस्ट लन्डनबासी नेपालीहरुको बाक्लो उपस्तिथी रहेको जानकारी जनसम्पर्क समिति बेलायतका उप-सभापति सुरज केसी ले नेपाल संसारलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया