२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

गलत समाचार लेख्नेलाई महासङ्घले कारवाही गर्ने

3093 Shares
Spread the love

भक्तपुर । नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दिलीप थापामगरले सत्यतथ्यमा आधारित नरही गलत समाचार लेख्ने पत्रकारलाई अब नेपाल पत्रकार महासङ्घले कारवाही गर्ने बताएका छन्।

आज नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले आयोजना गरेको ‘नागरिकको आँखामा मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न सञ्चारकर्मी र मिडिया हाउसलाई आग्रह गरे।

उनले सत्यतथ्य समाचार लेख्न भने खुट्टा नकमाउन आग्रह गर्दै मिडियालाई सङ्कुचित गर्न सञ्चार विरोधी कानून ल्याए त्यसलाई चिरेर महासङ्घ सञ्चारकर्मीको पक्षमा अगाडि बढ्ने बताए।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, निर्माण व्यवसायी महासङ्घ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईंलगायतले पत्रकारले पत्रकारिता, पर्चाकारिता, पीत पत्रकारिता नगरी वास्तविक पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै भ्रम छर्ने, भड्काउने समाचार नलेख्न आग्रह गरे। कार्यक्रममा सहभागी नागरिक समाजका प्रतिनिधिले पत्रकारिता निष्पक्ष हुन नसकेको भन्दै पत्रकारिताको धेरै दुरुपयोग भएको बताए।

प्रतिक्रिया