२०८३, ६ आश्विन मंगलवार
×

ट्रेन्डिङ

पाकिस्तानकै बेइज्जत : सरकारी कर्मचारीले पाहुनाको पर्स चोरेपछि (भिडियो सहित)

1743 Shares
Spread the love

पाकिस्तानी सरकारी अधिकारीले सरकारी कार्यक्रमका दौरान कुवेती प्रतिनिधीमण्डलका एक सदस्यको पर्स चारेको भिडियो सार्वजनिक भएको छ । भिडियो भाईरल भएपछि यतिबेला ती व्यक्तिमाथि छानबिन पनि भईरहेको छ । यद्यपि, चोरीका आरोपी जरार हैदर खान भनेर मुलधारको पत्रिका र सामाजिक सञ्जालमा भाइरल गरिएको तस्विर भने अर्कै व्यक्तिको भएको खुलासा भएको छ । उक्त तस्विर अमेरिका निवासी निर्दोष व्यक्तिको भएको बताइएको छ ।

सूचनामन्त्री फवाद चौधरीले हैदर पाकिस्तानको उद्योग तथा उत्पादन मन्त्रालयका एक सह–सचिव भएको जानकारी दिँदै कुवेती कुटनीतिज्ञको पर्स चोरी मामिलामा अनुसन्धान भइरहेको बताए ।हैदर पाकिस्तानको निजामती सेवा उच्च ओहदामा गनिने बीएस–२० अधिकारी हुन् । उनलाई हाललाई निलम्बित गरिएको छ ।

के भएको थियो ?
आर्थिक मामिला डिभिजनको टेबलबाट आरोपीले बेवारिसे पर्स उठाइरहेको ६ सेकेण्ड लामो सिसिटिभी फुटेज सार्वजनिक भएको थियो ।यो मामिलाबारे त्यतिबेला बाहिर आयो जब भविष्यमा व्यापारबारे नयाँ सरकारसँग छलफल गर्न पाकिस्तान आएको कुवेती प्रतिनिधिमण्डलले आफ्नो एक कुटनीतिज्ञको पर्स हराएको उजुरी गर्यो ।

द डन पत्रिकाका अनुसार उक्त पर्समा ‘उल्लेख्य मात्रामा’ कुवेती दिनार रहेको थियो । अधिकारीहरुले सिसिटिभी फुटेज अध्ययन गरेपछि आरोपीको नाम सार्वजनिक गरेका थिए ।यता, पाकिस्तानी प्रेसका अनुसार कुवेती प्रतिनिधिमण्डल यस घटनाबाट निकै क्रुद्ध बनेका थिए । उनीहरुले दोषी पत्ता लगाउन माग गरेका थिए ।

गलत तस्विर
घटना सार्वजनिक भएपछि सिसिटिभी फुटेज मिडियामा भाइरल बन्यो । पाकिस्तानका ट्वीटर प्रयोगकर्ताले यस घटनाबाट आफूहरु लज्जित भएको बताए ।

यो विषय भारतीय समाजिक सञ्जाल प्रयोगकर्ताका लागि झन् ठूलो मसला बन्यो । ‘सानो देशका साना कर्मचारीले ठूला मानिसको पर्स देखेपछि यस्तै गर्छन्,’ धेरैले गिज्याए ।

यद्यपि, सामाजिक सञ्जाल र टेलिभिजनमा चोरी गर्ने व्यक्ति भनेर प्रकाशित गरिएको तस्विर जरार हैदर खान नभएर जाइद हैदरको भएको खुलासा भएको छ । उनी हाल वासिङटन डिसीमा स्टेट डिपार्टमेन्टमा रिस्क एनालिस्टका रुपमा कामगरिहेका छन् ।

धेरै मिडियाले उनको तस्विर गलत परेको भनेर सच्याएका छन् भने यो समाचार तयार गर्दासम्म केही मिडियाहरुले प्रकाशित गरेको भिडियोमा निर्दोष जाइदको तस्विर अझै पनि देखाइरहेको छ ।

अब के ?
यो घटनाले पाकिस्तान सरकारलाई लज्जित बनाएको छ । कुवेतको रिस शान्त गर्न सरकारले तत्कालै अनुसन्धान शुरु गर्यो ।यद्यपि, द टाइम्सका अनुसार यसले कुवेत र पाकिस्तानबीच हुने भनिएको आर्थिक साझेदारीमा ठूलो धक्का लागेको छ ।

प्रतिक्रिया