२०८२, ६ माघ सोमबार
×

ट्रेन्डिङ

जाजरकोटको शिवालय गाउँपालिकाभर फ्रि इन्टरनेट

2074 Shares
Spread the love

जाजरकोट– बढ्दो सूचना प्रविधिको मागसँगै शिवालय गाउँपालिका सूचना प्रविधिमैत्री बनेको छ। शिवालय गाउँपालिकाको पहलमा इन्टरनेट सेवा विस्तार गरिएको हो।

वर्डलिङ्क इन्टरनेट सेवामार्फत यहाँका सबै वडामा निःशुल्क इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए। अहिले सबै ठाउँमा इन्टरनेट जोडेर निःशुल्क रूपमा सेवा दिइरहेको अध्यक्ष शाहीले बताए।

गाउँपालिकाले करीब ७ लाख रुपैयाँ लागतमा इन्टरनेटको टावर जडान गरी यहाँका विद्यालय, वडा कार्यायलय, स्थानीय र गैरसरकारी कार्यालयहरुमा सेवा विस्तार गरिएको हाे।
विद्युत र इन्टरनेट अभावमा सदरमुकाममा सम्पर्क कार्यालय स्थापना गरेको गाउँपालिकाले इन्टरनेट जडानसँगै अब स्थानीयस्तरमै काम गर्न थालेको छ।

पहिलो पटक निःशुल्क इन्टरनेट सेवा पाउँदा यहाँका स्थानीय खुशी भएको स्थानीय पूर्णबहादुर महतराले बताए। दुई वर्षसम्म निःशुल्क इन्टरनेटसेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया