२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

शैक्षिक प्रमाणपत्र किर्ते गर्ने पक्राउ

1521 Shares
Spread the love

जाजरकोट । रामानन्द माध्यमिक विद्यालय जेवा दसेराका छात्र सुनिल परियार शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन्।

बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले छात्र परियार र नक्कली प्रमाणपत्र बनाउने भेरी कम्प्युटर सञ्चालक तेजराज पुनलाई पनि पक्राउ गरेको निमित्त प्रहरी प्रमुख इन्द्रजीत सुनारले जानकारी दिए। छात्र परियारको प्रमाणपत्रमा जन्म मिति फरक परेकामा नसच्याइएपछि भेरी कम्प्युटरका सञ्चालन पुनलाई नयाँ बनाइदिन उनले आग्रह गरेका थिए।

सञ्चालक पुनले नयाँ बनाइएको प्रमाणपत्रको रकम लिई आफ्नो कम्प्युटरमा नयाँ प्रमाणपत्र बनाइ प्रधानाध्यापकको सहीसमेत आफै गरेको पाइएको उनले बताए।

अभियुक्त दुबैलाई कानून बमोजिम कारबाहीका लागि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। यहाँ यस्ता किर्ते प्रमाणपत्र बनाउनेको बिगबिगी बढेकाले प्रहरीले निगरानी गर्दै आएको छ।

प्रतिक्रिया