
काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम नेपाल आईडलको अहिले दोस्रो सिजन प्रसारण भइरहेको छ।
अहिले नेपाल आईडल टप १२ मा आइपुगेको छ जसलाई गाला राउण्ड भनेर नाम दिइएको छ । हिजोको एपिसोडमा तिनै १२ प्रतिस्पर्धीहरूले आफ्नो प्रस्तुती दिएका छन् भने अडिसन राउण्डबाट सिधै गाला राउण्डमा प्रवेश गरेका चारजना प्रतिस्पर्धीले पनि आफ्नो प्रस्तुती दिएका छन् र ती गोल्डेन माइक विजेतापनि यस गाला राउण्डबाट प्रतिस्पर्धा गर्नेछन् अरु प्रतिस्पर्धाहरू जस्तै ।
हिजो नेपाल आइडलको गाला राउण्डमा अडिसन राउण्डमा गोल्डेन माइक पाएर सिधै गाला राउण्डमा आइपुगेका सुमित पाठकले पनि गाएका छन् । उनले यस एपिसोडमा सबिन राईको आवाजमा रहेको गुराँसको फेदमुनि गाएका छन् । यस गीतमा गोपाल देवानको शब्द रहेको छ भने संगीत नौरन राईको रहेको छ । हेर्नुहोस् उनको दमदार प्रस्तुती जसमा जजहरुले स्ट्यान्डिङ ओभेसन दिएका छन् ।
भिडियो :
https://youtu.be/WJGqTtsaLUw