२०८३, २७ श्रावण बुधबार
×

ट्रेन्डिङ

डडेल्धुरामा तरकारी खेतीले ग्रामीण महिलाको जीवन फेरिदै

1633 Shares
Spread the love

डडेल्धुरा । ३ वर्ष अघिसम्म दाउरा बिक्री र मजदुरी गरेर बिहान साझँको छाक टार्ने रत्ना एर पहिल्लो समयमा दिनहु ७ क्वीन्टल भन्दा बढि तरकारी बिक्री गर्छिन।

बिहान झिसमिसेमा जंगलबाट दाउरा ल्याउनु र १० किलोमिटर दुरीमा रहेको सदरमुकाममा बिक्री गर्नु उनको दैनिकी थियो। गाउँमा सामुहिक तरकारी खेती सुरु भएपछि उनको दैनिकी परिर्वतन भएको हो।

शोभा देबी पनि ३ वर्ष यता तरकारी कृषक बनेकी छिन्। उनी पनि दैनिक १० क्वीन्टलसम्म तरकारी बिक्री गरेर मनग्गे आम्दानी गरिरहेकी छन्। यस अघि परम्परागत खेतीपाती गर्ने शोभा पनि दाउरा बेचेर र मजदुरी गरेर गुजरा गर्ने मध्ये एक हुन्।

शोभा र रत्ना जस्ता ४२ जना महिलाको तरकारी खेती समुह रहेको छ। समूहमा २२ वर्षीय युवतिदेखि ६८ वर्षीय बुढासम्म रहेका छन् ।सबैले मिलेर काम गर्न थाले पछि समयको पनि बचत भएको र गाउमा सदभाव पनि बढेको समुहमा आवद्ध महिलाहरुले बताएका छन्। बिगतमा गाँउमा हुने सामान्य खाले झै झगडा पनि बन्द भएका छन्।

शोभा र रत्ना मात्र नभई अमरगढि नगरपालिका एक भेटाका ३७ परीवारका महिलाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत तरकारी खेतीका लागि तालिम र प्राबिधिक सहयोग पाएपछि उनीहरुको जीवनशैली फेरिएको हो। हरेक परिवारले ५ देखि १० रोपनि जमिनमा सामुहिक तरकारी खेति गरेका छन्।

प्रधानमन्त्री कृृषि आधुनिकिकरण परियोजना संगै उनीहरुलाई अमरगढी नगरपालिककाको कृषि शाखाले सहयोग गरिरहेको छ। बिउ बिजन प्राविधिक सहयोगदेखि समय समयमा आवश्यक परामर्र्श मात्र होइन तरकारी ढुवानी गर्न प्रयोजनले गाडी समेत उपलब्ध गराएको छ।

गाँउबाट दैनिक दुईवटा गाडीमा ५० क्वीन्टल तरकारी निकासी हुन्छ। कृषक रत्ना देबिले भनिन्, ‘दुई बर्षमा दुई करोड बढीको तरकारी विक्रि गरिसकेका छौं।’

परम्परागत रुपमा लगाईने धाँन, गहु र मकै बदेलसंगै अरु जंगली जनावरले सखाप पार्न थालेपछि ३ वर्ष अघिदेखि उनीहरुले खेतीपाती गर्न छाडेका थिए। स्थानीय शोभादेबि ऐरले भने जंगली जनावरको कारण गाँउको सबै जग्गा बाँझो थियो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि बाँझो जमिनमा सामुहिक तरकारी खेती सुरु भएको हो। यस वर्ष मात्र उनीहरुले दैनिक ५० क्वीन्टलका दरले एक करोडको तरकारी विक्री गरेका छन्।

प्रतिक्रिया