२०८३, २७ श्रावण बुधबार
×

ट्रेन्डिङ

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक गर्न माग

3223 Shares
Spread the love

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालिका निर्मला पन्त हत्याकाण्डको छानवीन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

वरिष्ठ नेता पौडेलले निर्मला पन्त हत्याकाण्डको छानवीन प्रतिवेदन सार्वजनिक नगरेर सरकारले सो हत्याकाण्डलाई ढाकछोप गर्ने प्रयास गरिरहेको गम्भिर आरोप समेत लगाए। निर्मला हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भिर नदेखिएको वरिष्ठ नेता पौडेलको दावी छ।

युरोपका विभिन्न मुलुकस्थित पार्टी संगठनको कार्यक्रममा सहभागी भएर बिहीबार स्वदेश फर्किएको वरिष्ठ नेता पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयप्रति आपत्ति जनाए। एक फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले पार्टीका सबै निकायमा विदेशस्थित पार्टी संगठनहरुको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान बनाउन पनि पार्टी नेतृत्वसँग माग गरे।

वरिष्ठ नेता पौडेलले प्रवासमा रहेका नेपालीहरुलाई पनि मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै पार्टीका प्रवासमा रहेका संगठनहरुको भूमिका र महत्व झनै बढेर गएको पनि स्मरण गराए। १० दिन लामो युरोपको बसाईका क्रममा उनले त्यहाँस्थित पार्टी मातहतमा रहेका नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएका थिए।

प्रतिक्रिया