२०८३, २७ श्रावण बुधबार
×

ट्रेन्डिङ

सभापतिलाई शक्तिशाली बनाउनु गलत : महामन्त्री खड्का

1547 Shares
Spread the love

विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सभापतिलाई शक्तिशाली बनाउने गरी विधान संशोधन गर्नु गलत भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै विधान संशोधन समितिका संयोजकसमेत रहेका खड्काले तीन किसिमका सुझाव आएको समितिले सर्वसम्मत रुपले सुझाव ग्रहण गरिने जानकारी दिए ।

उनले पुरानो विधानअनुसार केन्द्रीय समितिका सम्पूर्ण पद निर्वाचन र सभापतिले सम्पूर्ण पद मनोनीत गर्नेजस्ता सुझावलगायत अन्य विकल्पलाई समितिभित्र छलफल गरी सर्वसमितिले निर्णय गरिने बताए ।

महामन्त्री खड्काले संविधानले व्यवस्था गरेअनुसार माथिदेखि तलसम्म समावेशी, समानुपाति रुपले विधान संशोधन गरिने बताए। साढे तीन महिनामा मुलुकका ७७ जिल्लामा क्षेत्रीय समितिदेखि गाउँ समिति, भ्रातृ सङ्गठनबाट आवश्यक सुझाव लिएको बताउँदै उनले असोज ८ देखि १३ गतेसम्म मुलुकका १२ स्थानमा सङ्कलन गरिएका सुझाव समितिले ग्रहण गर्ने जानकारी दिए ।

प्रतिक्रिया