२०८३, २७ श्रावण बुधबार
×

ट्रेन्डिङ

प्रहरीले प्रमाण नष्ट गरेका कारण अनुन्धानमा ढिलाइ भएको गृहमन्त्रीको खुलासा

1103 Shares
Spread the love

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई छिट्टै कानुनको कठघरामा उभ्याउने प्रतिवद्धता दाबी गरेका छन्। गृहमन्त्री थापाले स्थानीय प्रहरीले प्रमाण नष्ट गरेका कारण सो घटनाको अनुसन्धानमा ढिलाई भइरहेको बताए।

उनले बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो घटनाबारे विस्तृत जानकारी गराउँदै दोषीलाई कानुनको दायरामा ल्याउन सरकारले कठोर कदम चालिरहेको दावी गरे। गृहमन्त्री थापाले सो जघन्य अपराधको घटनाको अनुसन्धानको कामलाई अघि बढाउने क्रममा सरकारले कमीकमजोरी गर्ने स्थानीय प्रहरी अधिकृतहरुलाई कार्वाही गरेको जनाए।

प्रहरीले प्रमाण नष्ट गरेका कारण सो घटनाको अनुसन्धानमा ढिलाई भइरहेको छ : गृहमन्त्री

गृहमन्त्री थापाले महिला तथा बालबालिकामाथि हुने बलात्कार, हिंसालगायतका घटना पूँजीवादले बढाएको तर्क गरे। उनले पूँजीवादले महिलाहरुलाई नाफा कमाउने साधनको रुपमा उपयोग गर्ने गरेकाले पनि महिलामाथि बलात्कारलगायतका हिंसाका घटना नेपालमा पनि बढ्न गएको बताए।

आर्थिक परनिर्भरताका कारण पनि मुलुकमा बालिका तथा महिलामाथि बलात्कार लगायतका जघन्य अपराधका घटना बढदै गएको गृहमन्त्री थापाको बुझाइ छ। गृहमन्त्री थापाले यस्ता सामाजिक अपराधका घटना हुन नदिन सरकारले जनचेतनामूलक कार्यक्रम संचालन गर्न लागेको समितिलाई जानकारी दिए।

गृहमन्त्री थापाले सरकारले महिला हिंसा हुन नदिन लागू पदार्थको ओसारपसार, मदिरा सेवनलाई निषेध गर्ने अभियानलाई तीव्रता दिएको उल्लेख गरे।  सांसदहरुले सरकार बलियो भएपनि महिला तथा बालबालिकामाथि हुने बलात्कार, हत्यालगायतका जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेको भन्दै मन्त्री थापाको चर्को आलोचना गरेका थिए।

प्रतिक्रिया