बीबीसी। टेलिभिजन दुनियाकी चर्चित अनुहार तथा चर्चित लेखक सलमान रुश्दीकी पूर्व पत्नी पद्मलक्ष्मीले किशोरावस्थामा आफ्नो बलात्कार भएको खुलासा गरेकी छन्। उनले महिला आफूमाथि भएको यौन शोषण विरुद्ध किन बोल्न सक्दैनन् भन्ने बारेमा आफू जानकार रहेकोसमेत बताएकी छन्।
पद्मलक्ष्मीले आफ्नो विगतलाई सार्वजनिक गर्ने निर्णय त्यतिबेला लिइन् जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतकालागि नामित ब्रेट वैवनामाथि लागेको यौन दुराचारको आरोपको बचाउमा डाक्टर क्रिस्टिना ब्लेजी फोर्ड यौन दुराचारका विषयमा यतिबेलासम्म किन चुप लागिन भन्ने अभिव्यक्ति दिएका थिए।
पद्मलक्ष्मीले न्युयोर्क टाइम्स एक लेख लेख्दै आफूमाथि भएको बलात्कारका बारेमा उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, ‘मलाइ १६ वर्षको उमेरमा मेरा केटा साथीले मेरो बलात्कार गरेका थिए। मैले यो विषयमा यसकारण आवाज उठाइन की यसमा मेरो पनि गल्ती छ।’

पद्मलक्ष्मीले अगाडि लेखेकी छन्, ‘म केही महिनादेखि २३ वर्षका एक युवकसँग डेट गरिरहेकी थिएँ। उसलाई थाहा थियो की म भर्जिन हुँ। नयाँ वर्षमा ३१ डिसेम्बरको साँझ हामीहरु पार्टीमा गयौं। म नराम्रोसँग थाकेकी थिएँ। र म ती युवकको अर्पाटमेन्ट मै सुतेँ। तपाइँ शायद यो पनि जान्न चाहनु हुन्छ होला के त्यो साँझ मैले रक्सी पिएकी थिएँ? तर मैले रक्सी पिएकी थिइन।’
पद्मलक्ष्मीले अगाडि लेखेकी छन्, ‘मलाइ सम्झना छ, तीव्र दुखाइका कारण मेरो निन्द्रा खुलेको थियो। कस्तोसम्म भयो भने मेरो खुट्टामा कसैले चक्कु प्रहार गरेको छ। उ म माथि थियो। मैले सोधेँ तिमी के गरिरहेका छौ? उसले भन्यो सो सामान्य दुखाइ हो। मैले भने कृपया मलाइ छोडिदेउ र म चिच्याएर रुन थालेँ।’
I wrote an Op-Ed for @nytimes about something terrible that happened to me in my youth, something that happens to young women every day. We all have an opportunity to change the narrative and believe survivors. https://t.co/pqFt50t4R1
— Padma Lakshmi (@PadmaLakshmi) September 25, 2018
पद्मलक्ष्मी विगत सम्झिँदै लेख्छिन्, ‘त्यो दुखाइ असैह्य थियो। उसले भन्यो म सुतेँ भने दु्खाइ कम हुन्छ। पछि उसले मलाइ घरसम्म छोडिदियो।’
आफ्नो जमानाको चर्चित मोडल रहेकी पद्मलक्ष्मीले आफूमाथि भएको बलात्कार कसैलाई पनि यसकारण बताइनन् किनभने १९८० को दशकमा बलात्कारजस्ता कुनै चिज हुँदैन थियो।
डेटमा बलात्कारको अर्थ हो तपाइँमाथि त्यो व्यक्तिले बलात्कार गर्यो जो तपाइँले चिनजानको व्यक्ति हो। पद्मलक्ष्मीलाई पनि आफू बलात्कारमा परेको बताएको भए मानिसहरुले राति केटाको अर्पाटमेन्टमा किन गएकी भनेर प्रश्न गर्न सक्ने लागेको थियो। उनले सात वर्षको उमेरमा आफूमाथि दुव्र्यवहार भएको पनि लेखेकी छन्।

पद्मलक्ष्मीले बलात्कार विषयमा जुन तर्क दिएकी छन् जुन अचम्ममा पार्ने खालको छ। उनले लेखेकी छन्, ‘म सधैँ के सोच्थे भने जब म आफ्नो भर्जिनिटी गुमाउँछु, त्यो मेरालागि ठूलो कुरा हुनेछ। र आफैंले जानीबुझीकन गरेको निर्णय होस्। मेरो दिमागमा के थियो भने एक दिन म सेक्स गर्छु र त्यो प्रेमको अभिव्यक्ति हुनेछ। आनन्दको अनुभूति पनि हुनेछ। या बच्चा जन्माउनकालागि हुनेछ। मैले यो कुरा आफ्नो पार्टनर र थेरपिस्टलाई बताउन दशकौं लाग्यो।’
Judge Brett Kavanaugh is a fine man, with an impeccable reputation, who is under assault by radical left wing politicians who don’t want to know the answers, they just want to destroy and delay. Facts don’t matter. I go through this with them every single day in D.C.
— Donald J. Trump (@realDonaldTrump) September 21, 2018
उनले अगाडि लेखेकी छन्, ‘ब्रेट कैवनालाई लिएर मानिसहरु भन्दैछन्, यत्रो दिनपछि यो आरोप किन अगाडि ल्याइन्। एक व्यक्तिले आफ्नो किशोरावस्थामा गरेको गल्ती अब किन त्यसको मूल्य चुकाउँछ। तर उनीहरुले के बुझ्नुपर्छ भने महिलाले त्यसको आजीवन मूल्य चुकाउनुपर्छ।’
उनले अगाडि लेखेकी छन्, ‘एउटी आमा रुपमा म आफ्नी छोरीलाई सधैं भन्ने गरेकी छु यदि कसैले गलत तरिकाले छुने कोशिश गरे भने चुप लागेर नबस्नु। मलाइ आशा छ, यसो गर्दा छोरीहरुले कहिल्यै पनि डराएर वा लज्जित हुनुपर्दैन। हाम्रा छोराहरुले पनि के बुझ्नुपछ भने युवतीको शरीर उनीहरुको मजाका लागि होइन।’ बीबीसी हिन्दीबाट