२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

के हो विमानमा हुने केभिन प्रेशर, जसको कमीले मृत्यु हुन सक्छ

2021 Shares
Spread the love

नयाँदिल्ली । भारतको मुम्बैबाट जेट एअरवेजमा बिहीबार यात्रा गर्ने यात्रीहरु मृत्यूको मुखबाट फर्के । विमानमै रहेका बेला उनीहरुको नाक र कानबाट रगत बग्न थाल्यो । उनीहरुले केभिन प्रेशर कम भएका कारण यस्तो समस्या भएको बताए ।

जेट एअरवेजको विमान मुम्बैबाट जयपुरका लागि उडान भरेको थियो । यात्रीहरुमा यो समस्या देखिएपछि विमान मेडिलक इमर्जेन्सिका लागि पुनः मुम्बैमा ल्याण्ड गरियो । घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

विमानमा १६६ जना यात्रु थिए । विमानमा सवार एक यात्रीले ट्वीटरमा एक भिडियो शेयर गरेका छन् जसमा केभिन प्रेशर कमीका कारण यात्रुहरु अक्सिजन माक्स लगाएको देख्न सकिन्छ ।

यो घटनापछि भारतीय विमान मन्त्रालयले जेट एअरवेजले ककपिट जाँच हुँदासम्म अफ ड्यूटी गरेको र यसको जाँच भइरहेको जनाएको छ ।
डाइरेक्टर जनरल अफ सिभिल एभिएशन (डीजीसीए)का एक जना अधिकारी ललति गुप्ताले भने, ‘जेट एअरवेजका एक क्रु मेम्बरले केभिन प्रेशर मेन्टेन गर्ने बटन दबाउन भुले जसका कारण यो घटना भयो ।’

यो घटनापछि जेट एअरवेजले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको छ । उसले सबै यात्रु सुरक्षित रहेको र केभिन प्रेशर विग्रेको बताएको छ ।

यति ठूलो दुर्घटना हुनबाट जोगिए पनि एक प्रश्न उब्जिएको छ, केभिन प्रेशर के हो ? मानिसलाई बाँच्नका लागि अक्सिजनको आवश्यकता पर्छ । जति जति हामी माथि उड्छौं अक्सिनजको कमी हुँदै जान्छ ।

धर्तीबाट माथि उड्दा हावाको चाप पनि घट्दै जान्छ । हावाको प्रेशर घट्दै जाँदा अक्सिजनका कण पनि विख्रिन थाल्छन् । समुन्द्री सतहबाट ५.५ किलोमिटरको उँचाईमा जाँदा अक्सिजनको मात्रा आधा हुन्छ । करिब ७ किलोमिटरमाथि जाँदा अस्जिनको मात्र एकतिहाईमात्र हुन्छ । करिब २.५ किलोमिटरको उँचाईमा जाँदा मानिसमा विभिन्न समस्या हुन्छन्, जस्तै टाउको दुख्नु, उल्टी हुनु र औडाहा हुनु ।

सबै विमान भित्रबाट प्रेशर नियन्त्रित राख्छन् । मानिस आरामसँग स्वाशप्रस्वाश गरुन भनेर यस्तो गरिन्छ । जबकि विमानको बाहिर हावाको प्रेशर निकै कम हुन्छ । विमानमा अक्सिजको सिलिण्डर लिन सकिँदैन, त्यसैले आकाशमा भएको अक्सिजन जम्मा गर्ने प्रयास गरिन्छ ।

विमानको इन्जिनमा जोडिएको टरबाइन बाहिरको अक्सिजनलाई कम्प्रस गरेर भित्र ल्याउँछ । इन्जिन हुँद आउने भएकाले अक्सिज तातो हुन्छ । जसका कारण मानिसलाई श्वासप्रश्वासमा समस्या हुन्छ । यस्तोमा कुलिंग सिस्टमबाट यसलाई चिसो बनाइन्छ ।

जसका कारण यसमा आर्दताको कमी हुन्छ । यदि केभिनमा कुनै कारणले प्रेशर कम भयो भने हरेक सिटमाथि अक्सिज माक्स राखिएको हुन्छ जसलाई आवश्यकता परेमा यात्रीले प्रयोग गर्छन् ।

विमानमा दुई केभिन प्रेशर मेसिन हुन्छन् । जसले केभिनमा अक्सिजनको मात्रा बढाइरहेका हुन्छन् । एक पटकमा एक मसिनमात्र काम गर्छ । जबकी दोस्रो मेशिन आपतकालिन अवस्थामामात्र प्रयोग हुन्छ । यी दुबै मेशिन अटोमेटिक हुन्छन् । त्यहाँ अर्को मेशिन पनि हुन्छ जसले म्यानुएली काम गर्छ ।

दुबै अटोमेटिक मेशिन खराब भएपछि तेस्रो मेशिन प्रयोग गरिन्छ । अधिक उँचाईमा उडान भरेमा श्वासप्रश्वासमामात्र समस्या हुने होइन दिमाकले पनि काम गर्न सक्दैन  । स्वाद लिने र सुँघ्ने क्षमतामा ३० प्रतिशत कमी आउँछ । यही कारण हो विमानमा खाना मिठो लाग्नदनै । आदर्ता कमी हुने भएकाले प्यास पनि बढि लाग्छ ।

केभिन प्रेशर कम भएपछि रक्त बहाबमा नाइट्रोजनको मात्रा बढ्न सक्छ । जसको काम जोड्नीमा दुखाई, प्यारालाइज्ड वा मृत्युको कारण पनि बन्न सक्छ ।

प्रतिक्रिया