२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

जोशीविरुद्ध नेकपाले महाअभियोग प्रस्ताव ल्याउँदै

1235 Shares
Spread the love

काठमाडौँ । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत दीपकराज जोशी विरुद्ध नेकपाले महाअभियोग ल्याउने तयारी गरेको छ । न्यायाधीशको रुपमा सर्वोच्च अदालतमा काम सुरु गरेपछि नेकपाले उनी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भएको हो ।

त्यसका लागि बिहीबार दिउँसो संसद भवनमा नेकपाले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ। सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराइएको छ।

उनीविरुद्ध बिहीबारकै संसद सचिवालयमा दर्ता गर्ने तयारी भइरहेको एक सांसदले जानकारी दिए। संविधान अनुसार एक तिहाई सांसदले महाअभियोगका लागि हस्ताक्षर गरी प्रस्ताव दर्ता गर्न सक्छन्। प्रस्ताव दर्ता भए लगत्तै सम्बन्धित व्यक्ति निलम्बित हुन्छन्।

संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि जोशी विदामा बसेका थिए। नयाँ प्रधानाध्याधीशको नियुक्तीसँगै जोशी पुनःसर्वोच्च फर्किएका थिए। उनलाई इजालास समेत तोकिएको थियो।

यसअघि पनि नेकपा सांसदहरुले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध यस्तै खाली कागजमा हस्ताक्षर गरेका थिए। पछि त्यो हस्ताक्षर महाअभियोग दर्ता गर्नका लागि प्रयोग भएको थियो।

प्रतिक्रिया