२०८३, ३ भाद्र बुधबार
×

ट्रेन्डिङ

सुनसरीमा गोली हानेर विद्यालय व्यवस्थापन समिति अध्यक्षको हत्या

1127 Shares
Spread the love

सुनसरी । भारतीय सिमानामा पर्ने सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारमा बिहीबार बिहान एक विद्यालयका ब्यवस्थापन समिति अध्यक्षकाे गाेली प्रहार गरी हत्या गरिएकाे छ । बिहान सवा ११ बजेतिर माेटरसाइकलमा अाएका दुई जनाकाे समूहले रौयान नेसनल पब्लिक स्कुलका व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेका हुन् ।

विद्यालयको बैठक सकेर घर फर्कनेक्रममा भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकलमा आएका दुई भारतीय नागरिकहरुले खर्सिदको टाउको र छातीमा गोली प्रहार गरेका थिए। उनलाई गोलीप्रहार गरेकाे स्थानस्कुलबाट एक सय मिटर टाढा पर्छ। बाटोमा हिडिरहेका बेला खुर्सिदलाई छाती र टाउकोमा गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।

खुर्सिदलाई गोली हानेर भारतीय सिमानातर्फ भागिरहेका बेला घुस्कीमा पुगेपछि प्रहरीले बाटो छेकेका थिए। बाटो छेकिरहेका मध्ये प्रहरी जवान शिव पौडेलको हात र खुट्टामा गोली हानेर उनीहरु फरार भएकाछन् । घुस्कीबाट तीन किलोमिटरको दुरीमा रहेको खुला सिमाना हुँदै ती दुई भारतीय नागरिक फरार भएकाहुन। गोली प्रहारको कारण बारे केही खुलेको छैन।

मृतक अन्सारीको शव आफन्तलाई जिम्मा दिने तयारी गरेको छ भने घाइते प्रहरी पौडेललाई उपचारकालागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। खुला सिमानाबाट प्रवेश गरेका भारतीय नागरिकहरुले दिनदाहाडै गोली प्रहार गरेर आतंक मचाएपछि सुनसरीको सीमा क्षेत्रका बासिन्दा त्रसित बनेका छन्।

हत्यारा समात्न जिल्ला प्रशासनले सिमाना सिल गर्ने बताए पनि उनीहरु भारततिर भागिसकेको बताइएको छ।

प्रतिक्रिया