एजेन्सी। बिग बोस–१२ फेरि एक पटक चर्चासहित सुरु भएको छ। सेलिब्रेटीजदेखि कमनर्ससम्म सबै आफ्नै तरिकारले दर्शकलाई आकिर्षत गन जुटेका छन्। तर टेलिभिजन अभिनेत्री नेहा पेंडसे भने धेरै देखिएकी छैनन्।

नेहाले १९९९ मा दिन्दी फिल्म ‘प्यार कोई खेल नहीँ’ बाट आफ्नो करियरको सुरुवात गरेकी थिइन्। त्यसपछि उनी टेलिभिजनको दुनियामा प्रवेश गरिन् र सफल पनि भइन्।

नेहा इन्स्टाग्राममा पनि निकै सक्रिय रहन्छिन्। उनी बेला बेलामा आफ्ना तस्वीर इन्स्टाग्राममा शेयर गरिरहन्छिन्। केही दिनदेखि नेहाको पोल डान्स चर्चामा छ। उनले आफ्नो वजन घटाएर तस्वीर शेयर गरेकी थिइन्। उनको फोटो देखेर उनका फ्यान पनि छक्क परेका थिए।

नेहाले आफ्नो टिभी डेब्यू एकता कपुरको बालाजी प्रोडक्शनसँग गरेकी थिइन्। उनले टिभी बाहेक मराठी फिल्ममा पनि काम गरेकी छन्। उनी दक्षिण भारतीय फिल्म उद्योगमा पनि निकै लोकप्रिय छिन्।

यतिबेला नेहा बिस बोसका घरभित्र छन्। र चुपचाप आफ्नो ठाउँ बनाउँदै छिन्। केही दिन अगाडि बिस बोसले दिएको एक टाक्समा उनले दीपर उनकी फ्यान उर्वशीलाई घर बाहिर पठाउन चाहेको बताएकी थिइन्।
