एजेन्सी। बलिउड र हलिउडमा आफ्नो छुट्टै पहिचान बनाएकी अभिनेत्री प्रियंका चोपडा दमकी रोगी हुन्। दम यस्तो रोगको जसको पूर्ण उपचार संभव छैन्। तर आज हामी तपाइँलाई यो रोगलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन गइरहेका छौं। दम स्वास प्रस्वास सम्बन्धि रोग हो। जसमा विरामीलाई स्वास फेर्न निकै समस्या हुन्छ। यो रोगलाई विना औषधि पनि नियन्त्रण गर्न सकिन्छ।
जसलाई दमको रोग छ, उनीहरुले मेथीलाई पानीमा उमारेल मह र अदुवाको रससँग मिलाएर दैनिक पिउनुपर्छ। यसबाट दम रोगलाई नियन्त्रण गर्न सकिन्छ। अमलाको पाउडर, एक चम्चा मह मिलाएर विहानै खाली पेट सेवन गर्नुुपर्छ। यसरी दैनिक सेवन गर्दा दम रोग नियन्त्रण गर्न सकिन्छ।
पालक र गाजरको रस पनि यो रोग नियन्त्रण गर्न सहयोगी हुन्छ। पिपलको पातलाई सुकाएर चलाउनुस्। त्यसपछि त्यसको खरानीलाई महसँग मिलाउनुस्। अनि दैनिक तीन पटकसम्म सेवन गर्दा पनि दम रोगबाट छुटकारा पाउन सकिन्छ।