२०८३, २७ श्रावण बुधबार
×

ट्रेन्डिङ

१३ दिने बिदेश भ्रमणमा जादै प्रधानमन्त्री ओली

1070 Shares
Spread the love

काठमाडाैं । राष्ट्रसंघको ७३ औं महासभामा जाँदा प्रधानमन्त्री केपी ओली १३ दिन विदेश बस्ने भएका छन् । न्युयोर्कका लागि शनिबार उड्ने उनी छिटोमा असोज १८ गते आइपुग्ने छन् । त्यसबीच उनले कोस्टारिकाको पनि भ्रमण गर्ने भएका छन् ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔं शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बा“डफा“ट गरौं’ नारासहित मंगलबार महासभा सुरु हुँदैछ । प्रधानमन्त्री ओलीले असोज ११ गते सा“झ उच्चस्तरीय सम्बोधन गर्ने छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ९ गते स्वागत गरेपछि ब्राजिलको सम्बोधनबाट महासभा आरम्भ हुनेछ । त्यसपछि अमेरिकाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया