२०८३, २५ श्रावण सोमबार
×

ट्रेन्डिङ

‘केपी ओली सरकार ढल्छ, खेल भइसक्यो’

957 Shares
Spread the love

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशीविदेशी शक्ति केपी ओली नेतृत्वको सरकार ढाल्ने खेलमा लागेको दाबी गरेका छन् ।

उनले ओलीलाई फाल्न धेरै खेल र षड्यन्त्र भइरहेको बताए । रुपन्देहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा केसीले कञ्चनपुरको निर्मला हत्याकाण्डलाई मुद्दा बनाएर देशीविदेशी शक्ति सरकार ढाल्ने खेल गरेको बताए ।

‘पुरानो कर्मचारी संयन्त्रबाट नयाँ कामको अपेक्षा राख्नु नै गलत हो’, उनले भने, ‘सरकारले सामान्य सुधारात्मक काम मात्रै गरे पनि धेरै हुन्छ ।’

उनले दुईतिहाइ अवस्थामा रहेको सरकारले अझै पनि सुशासन दिन नसकेको आरोप लगाए । ‘महँगी नियन्त्रण, भ्रष्टाचारीलाई कारवाही र सुशासन आमनेपाली नागरिकले चाहेका छन्’, उनले भने, ‘यो सरकारले केही पनि गर्न सकेको छैन ।’

अध्यक्ष केसीले एकात्मक प्रणालीभित्र पनि प्रदेश हुन सक्ने सम्भावना रहेको उल्लेख गरे । उनले प्रदेशको खर्च स्थानीय तहलाई दिएर बलियो बनाउन सकिने सुझाव दिए ।

प्रतिक्रिया