२०८३, २७ श्रावण बुधबार
×

ट्रेन्डिङ

गायक बुद्ध लामा अस्पताल भर्ना

1667 Shares
Spread the love

काठमाडौं – पहिलो नेपाल आइडल बन्न सफल गायक बुद्ध लामा अस्पताल भर्ना भएका छन् ।

उनलाई मंगलबार बिहान ९ बजे काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । तीनदिनदेखि निरन्तर ज्वरो आएर सिकिस्त भएका लामालाई अस्पताल भर्ना गरिएको हो । अहिले उनको स्वास्थ्य सुधारात्मक रहेको बताइएको छ ।

उनको उपचारमा एन्टिबायोटिक चलाइएको अस्पतालले जनाएको छ । डिस्चार्जबारे भने अहिले नै भन्न नसक्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया