२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

यःमरि बनाएर नेपाली सेफ सन्तोष शाह बीबीसी मास्टर सेफको फाईनलमा पुग्न सफल

22791 Shares
Spread the love

लन्डन । बिहिबार साँझ बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै सन्तोष फाईनलमा पुग्न सफल भएका छन् ।

नेपाली मूलका ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष बबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको फाईनलमा प्रवेश गर्न सफल भएका हुन् ।

धेरै जसो बेलायतमै जन्मेका सेफहरू सहभागी रहेको सो प्रतिस्पर्धी उनले चुनौतीको रुपमा लिएको बताए ।

लण्डनको प्रख्यात सेफहरु सग प्रशिक्षणसँगै काम गरिसकेका सन्तोष मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य लिएका छन् ।

इण्डियन कुइजिनबाट वर्षौंदेखि संगालेको अनुभवका आधारमा नेपाली खानालाई अघि बढाउन प्रयत्नरत छन् सन्तोष ।

सन्तोषले आफ्नो पाक कला देखाएर फाईनलमा पुग्न सफल भएका छन् ।

सन्तोषले मास्टर सेफको टप ८ प्रतिस्पर्धीमा यःमरि , क्रिस्पी “ चिकन चिल्ली “ चाईनिज-इन्डियन स्टाइलको साथ  क्रिस्पी कमलका जराहरू, सि वीडको अचार, भेजीटेबल अचार, तातो र अमिलो सूप र क्रिस्पी नूडल्स बनाएका थिए ।

सो संस्करणमा सन्तोषले पाककला मार्फत आफुलाई प्रतिस्पर्धाको लागि सर्वश्रेष्ठ प्रस्तुत गर्न सफल भएका छन् ।

प्रतिक्रिया