२०८३, २५ श्रावण सोमबार
×

ट्रेन्डिङ

नागरिकता चिन्ताले सतायो एनआरएनए यूकेलाई दवाव दिन एनआरएन टोली नेपाल जाँदै

1716 Shares
Spread the love

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको एक टोली नेपाल जाने भएको छ ।

गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक संसदमा दर्ता भएको अवस्थामा थप दवाव दिन एनआरएन यूकेको एक प्रतिनिधिमण्डल सेप्टेम्बर १५ तारिख शनिबार नेपाल जान लागेको हो ।

नेपाल जाने प्रतिनिधिमण्डलमा एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य,एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, पूर्वअध्यक्षहरु,योगेन क्षेत्री महेन्द्र कँडेल सहित अधिवक्ता गोबिन्द बेल्वासे, आर्इसीसी सदस्य जयप्रकाश गुरुङ लगायत जाने तयारीमा छन् ।

प्रतिनिधिमण्डलले विधेयक संसदमा छलफल हुनुअघि विभिन्न राजनीतिक पार्टीका नेता, सांसद, सरकारी प्रतिनिधि र सरोकारवाला अन्यलाई भेटेर लविङ गर्ने महासचिव त्रिपाठीले जानकारी दिए ।

एनआरएनए यूके अध्यक्ष फगामी र महासचिव त्रिपाठीले नागरिक पहलबारे हुन लागेको नेपाल भ्रमणका विषयमा एनआरएन केन्द्रीय अध्यक्ष भवन भट्टलाई जानकारी गराइसकेको बताए

प्रतिक्रिया