२०८३, २५ श्रावण सोमबार
×

ट्रेन्डिङ

अष्ट्रेलियामा भाँडा टल्काउँदै विश्व साइकलयात्री पुष्कर शाह !

1180 Shares
Spread the love

काठमाडौं : विश्व साइकलयात्री पुष्कर शाहले नेपालको राष्ट्रिय झण्डा बोकेर विश्वमा नेपाल चिनाए। साइकल चढेर विश्वलाई नेपाल चिनाएका पुष्पर यत्तिबेला कहाँ के गर्दैछन् ? यो सबैको चासोको प्रश्न हो। उनी केही समययता गुमनाम जस्तै छन्। तर, उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो वर्तमानलाई सार्वजनिक गरेका छन्। एउटा यथार्थलाई व्यङग्य शैलीमा पुष्पकरले मार्मिक कथा सार्वजनिक गरेका हुन्। यो कथाका साथमा उनले केही तस्बिरसमेत सार्वजनिक गरेका छन्। थप उनको फेसबुक स्टेटस जस्ताको तस्तै :

११ बर्षमा साइकलबाट संसारलाई साढे पाँच फन्को लगाएर नेपाल फर्केर सगरमाथाको सफल आरोहण गरेको ७ बर्ष बितेछ ! यात्रा सकेर नेपाल फर्केको ७ बर्षपछि मेरो देशको सरकार प्रमुखलाई भेट्ने शुअवसर मिल्यो ! सम्माननीय ज्युको स्वकीय सचिबले मेरो परिचय गराउनु भो !

‘ए पुस्करजीलाई त म चिनीहाल्छु नि” सम्माननीयले गर्ब साथ बोल्नु भो !
म खुशीले गदगद भएँ !
“अनि भन्नुस पुस्करजी’

सम्माननीयको आग्रहले म बोलें
जीवनका स्वर्णिम बैंसहरु

११ बर्ष
४०१५ दिन
दुइ लाख एक्काइस किलोमिटर
साइकलको पांग्रा माथि जीवन र मेरो देशको झन्डा बोकेर
१५० देश
संसारलाई साढे पाँच फन्को
त्यसपछि संसारभरिको झन्डा बोकेर
सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड बनाए !

अनि ? सम्मानीयले सोध्नु भो !
” संसारलाइ साडे पाँच फन्को पुस्तक लेखें ”
” वाउ ! ” सम्माननीय ज्यु दङ्ग पर्नु भो !

” म २०४६ सालको जन आन्दोलनको घाइते पनि हो , चैत्र २४ गते दरबारमार्गमा प्रहरीको गोलिले दाहिने हात छेडेर गएको थियो !

बिर अस्पतालले मृतक घोषित गरेर मेरो नाम शहिदको सुचीमा छ ! ”
भन्दैथें , भन्दैथें , सम्माननीय ज्यु त अघि नै ढलेछन् ! स्वकीय सचिब र सुरक्षा गार्डहरुले खै के के सुँघाएर , पानि छम्केर होसमा ल्याए ! मेरो उग्रक्षमता देखेर डराएछन् क्यारे।

” त्यत्रो ४६ सालको योद्धा , जिउदो शहिद, ऐलेसम्म पार्टीसदस्यता लिनु भाको छैन ? ” घर फर्केको साँझ स्वकीय सचिबले मलाई फोनमा सोधे ! उनलाई म ४६ सालदेखि नै नजिकबाट चिन्छु ! उनै हुन् मलाई गुच्चा र गुलेली बोकाएर जन आन्दोलनमा होमिन सिकाउने !

” देशको झन्डा बोक्नेले पार्टीको झन्डा बोक्दैन ” मैले उनलाई सुनाएँ ! त्यसपछि मेरो डुलुवा अनुभव मेरो माटोमा उपयोग नहुने निस्कर्ष निस्कियो !

आमाले मलाई माटो र पसिनालाइ माया गर्न सिकाइन ! म माटोलाइ चट्टकै माया मारेर पसिनालाइ माया गर्न हिडें !

ऐले अस्ट्रेलियामा भाँडा टल्काउदैछु ! एकबारको जुनीमा !

प्रतिक्रिया